कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

सिटिजन्स र विनायक अस्पतालबीच छुट सम्झौता

काठमाडौँ — सिटिजन्स बैंक र काठमाडौंस्थित विनायक अस्पताल तथा प्रसूति गृहबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्र भएको छ । सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले विनायक अस्पताल तथा प्रसूति गृहका सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

सिटिजन्स र विनायक अस्पतालबीच छुट सम्झौता

यो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालन गर्दै आएको छ । देशभर सिटिजन्स बैंकका १९० वटा शाखा, १५२ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ छन् ।

प्रकाशित : माघ २१, २०८० १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×