कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

पायोनियर आइसिटी अवार्ड जोशी र एनसेल वुमन आइकन आइसिटी अवार्ड घिमिरेलाई

काठमाडौँ — इ–कमर्स सञ्चालक बालकृष्ण जोशीले ‘पायोनियर आइसिटी अवार्ड २०२३’ पाएका छन् । लिभिङ विथ आइसिटीले आयोजना गरेको आठौं संस्करणको ‘अपग्राड आईसीटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभ’  कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएकाे हाे । यस्तै ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ सँगै ३ लाख रुपैयाँ सुनैना घिमिरे पाण्डेले पाएकी छिन् ।

पायोनियर आइसिटी अवार्ड जोशी र एनसेल वुमन आइकन आइसिटी अवार्ड घिमिरेलाई

‘प्रोफेसनल एक्सीलेन्स आइसिटी अवार्ड २०२३’ एनरेनका अध्यक्ष लोचनलाल अमात्यले पाए । ‘आन्टरप्रेनर्स आइसिटी अवार्ड’ इन्फिकेयरका सिइओ अनुप शेरचनले प्राप्त गरे । ‘नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३’ प्राध्यापक डाक्टर सुरेश मानन्धरलाई प्रदान गरे ।

संस्थागत अवार्ड विधामा डिजिटल गभर्नेन्स अवार्ड नेपाल स्टक एक्सचेन्ज(नेप्से)लाई, डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ तिलगंगा आँखा प्रतिष्ठान र डिजिटल एडुकेसन आइसिटी अवार्ड (पब्लिक सेक्टर) तनहुँस्थित सत्यदेवी माध्यमिक विद्यालय र डिजिटल एजुकेसन आइसिटी अवार्ड (प्राइवेट सेक्टर) काठमाडौँको अध्ययन स्कुलले पाएको छ । स्कुल व्यवस्थापन सफ्टवेयर वेदले डिजिटल एजुकेसन आईसीटी अवार्ड २०२३ (पब्लिक सेक्टर) विजेतालाई निःशुल्क आफ्नो सफ्टवेयर उपलब्ध गराउने छ ।

स्टार्टअप र इनोभेसनका विधामा ‘इनड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२३’ यार्सा टेक र प्रडक्ट आइसिटी अवार्ड क्युकआरपीएले पाएको छ । राइजिङ स्टार इनोभेसन आइसिटी अवार्ड २०२३ ब्ल्यांकसरले जिते । ‘हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३’ को उपाधि ‘मनिमित्र’ले पाए । दक्षिण एसियाली देशलाई लक्षित साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२३ को उपाधि भुटानको समूह मिडियाटेकले पाए ।

लिभिङ विथ आईसीटीले सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई समेत ‘आईएफएन प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन २०२३’ बाट सम्मान गरिएको छ । कोशी प्रदेशबाट ट्र्याक अन नेपाल, मधेश प्रदेशबाट एड्स बी मिडिया, बागमती प्रदेशबाट हर्टसन टेक्नोलोजी, गण्डकी प्रदेशबाट रेष्ट्रो एक्स, लुम्बिनी प्रदेशबाट टुना टेक्नोलोजी, कर्णाली प्रदेशबाट बायो कर्णाली एरोमा प्रालि र सुदूरपश्चिम प्रदेशबाट निम इन्फोसिस प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२३ बाट सम्मानित भए । लिभिङ विथ आइसिटीले सन् २०१६ देखि हरेक वर्ष आयोजना गर्दै आएको छ ।

सम्पूर्ण विजेतालाई बगभीले एक वर्षसम्म निःशुल्क साइबर सुरक्षा सेवा उपलब्ध गराउने छ । राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड विजेतालाई लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले मास्टर्स ईन आईटीका लागि ७ लाखको छात्रवृत्ति प्रदान गरेको छ । यसका साथै विजेतालाई डिस होमले २०० एमबीपीएसको इन्टरनेट समेत निःशुल्क उपलब्ध गराएको छ ।

प्रकाशित : पुस ९, २०८० १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×