कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

ग्राहकको डिजिटल यात्रा सरल पार्दै ‘एनसेल एप’

कान्तिपुर संवाददाता

काठमाडौँ — एनसेलले आफ्नो ‘एनसेल एप’ अझै परिस्कृत गरि थप ग्राहकमैत्री बनाएको छ । अब ग्राहकले थप विविध जानकारीहरुमा सजिलै पहुँच पाउने भएका छन् । एनसेलले हालै मात्र आफ्नो यो सेल्फ केयर एपको नयाँ भर्सन सञ्चालनमा ल्याएको छ ।

ग्राहकको डिजिटल यात्रा सरल पार्दै ‘एनसेल एप’

ग्राहक अनुभव अभिवृद्धि गर्ने र ग्राहकहरुको डिजिटल यात्रा सहज बनाउन सहयोग पु‍र्‍याउने कम्पनीको प्रतिबद्धता बमोजिम नेपाली बजारमा नै उपलब्ध स्थानिय सूचना प्रविधि प्रतिभाहरुमार्फत एपलाई अपडेट गरिएको कम्पनीले जनाएको छ । ग्राहकहरुले सहजै गुगल प्ले स्टोर र एप स्टोरबाट ‘एनसेल एप’ डाउनलोड वा अपडेट गर्न सक्नेछन् । मुख्य मेनुमा सहजै पुग्न सकिने लगायतका विषेशताका कारणहरुले गर्दा यो भर्सन प्रयोग गर्न सजिलो रहेको कम्पनीको दाबी छ । ग्राहकहरूले एपको प्रयोग गर्दा व्यक्तिगतरुपमा सेवा प्रदान गरिएको अनुभव लिन सक्नेछन् । यसमा थुप्रै नयाँ निःशुल्क र सशुल्क गेमहरुको पनि अनलाइन तथा अफलाइन मजा लिन सकिनेछ । ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्न एपको होम पेजलाई परिमार्जनसँगै प्रयोगकर्ताले आफ्नो ईच्छा अनुसार आफ्नो प्रोफाइल बनाएर आफ्नो अकाउन्ट व्यवस्थापन गर्न सक्नेछ ।

छोटा वा लामो अवधिका लागि रोमिङसहित विदेश भ्रमणमा रहेका ग्राहकहरुका लागि पनि यो एप एकदमै सहयोगी हुने कम्पनीको दाबी छ । एपको माध्यमबाट प्रयोगकर्ताले सजिलै रिचार्ज गर्ने र प्याकहरु किन्ने कार्यहरु गर्दै विदेश भ्रमणका बेला पनि सहज रुपमा सम्पर्कमा रहने सकिने कम्पनीले जनाएकोछ । सजिलै भ्वाइस र डाटा प्याकहरु लिन सकिने, अनलाइन रिचार्ज, मासिक बिल, रिसोर्स ट्र्याकिङ, सेवा सक्रिय वा निष्क्रिय गर्ने, रोमिङ सेवा सुचारु गर्ने लगायत अन्य थुप्रै एपका विद्यमान सेवा, सुविधाहरु हुन् । केही ट्याप गरेको भरमा नै ग्राहकहरूले हालै सञ्चालनमा ल्याइएको कर सहित १५० रुपैयाँ मुल्यमा सुरु हुने डबल मजा प्याक जस्ता सेवाहरू सजिलै सुचारु गर्न सक्ने एनसेलले जनाएको छ ।

प्रकाशित : फाल्गुन १४, २०८० १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×