कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा पोखरीबजारमा

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा संखुवासभास्थित पोखरीबजारमा सञ्चालनमा आएको छ ।सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले आइतबार बैंकको  २८७ औं शाखा उद्घाटन गरे ।

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा पोखरीबजारमा

न्यायाधीश फुयालले बैंकहरुले आम जनताप्रति संवेदनशील भई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्नुपर्ने र ग्राहकहरुले पनि बैंकिङ अनुशासन भित्र रही बैंकिङ कारोबार गर्नुपर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताउँदै बैंकको वर्तमान अवस्थाको बारेमा प्रकाश पारे । शाखा कार्यालय पोखरीबजारको उद्घाटन पूर्व वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रम आयोजना गरेको थियो । बैंकको देशभर २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ छ ।

प्रकाशित : फाल्गुन १४, २०८० १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×