कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

ग्लोबल आइएमई बैंकको ८ प्रतिशत नगद लाभांश, १ प्रतिशत बोनस सेयर

काठमाडौँ — ग्लोबल आइएमई बैंक लिमिटेडको १७औँ वार्षिक साधारणसले आर्थिक वर्ष ०७९/८० को कुल मुनाफाबाट बैंकले आफ्ना सेयरधनीलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

ग्लोबल आइएमई बैंकको ८ प्रतिशत नगद लाभांश, १ प्रतिशत बोनस सेयर

साधारणसभाले सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गरेको छ । आर्थिक वर्ष ०७९/८० को कुल मुनाफाबाट बैंकले आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयर तथा नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष ०७९/८० मा सञ्चालन मुनाफा १२ अर्ब ६९ करोड रुपैयाँ र कर पछिको मुनाफा ६ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रुपैयाँ ८७ लाख पुग्नेछ ।

प्रकाशित : मंसिर २८, २०८० २२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×