कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

सञ्चालनमा आयो जेबीएनएल सेक्युरिटिज

काठमाडौँ — ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनीका रुपमा रहेको जेबीएनएल सेक्युरिटिज लिमिटेडले सोमबारदेखि धितोपत्र कारोबारसम्बन्धी सेवा सुरु गरेको छ ।

सञ्चालनमा आयो जेबीएनएल सेक्युरिटिज

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्ऽप्रसाद ढकालले एक समारोहबिच सो कम्पनीको उद्घाटन गरी टीएमएसमार्फत धितोपत्र खरिद सेवाको शुभारम्भ गरे ।

कार्यक्रममा अध्यक्ष ढकालले संस्थाको पूर्ण व्यावसायिक सफलताको कामना गरे । धितोपत्र बजारको विकास र विस्तारसँगै मुलुकको आर्थिक गतिविधिमा समेत यो कम्पनीले महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने उनको भनाइ छ ।

संस्थागत सुशासन, पूर्वाधार तथा नियमनकारी निकायबाट प्राप्त निर्देशनको पूर्ण परिपालनामा यो कम्पनी उदाहरणीय हुने ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बताए ।

नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबारका लागि इजाजत प्राप्त यो कम्पनीको कारोबार स्थान काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वर शंखमूलमार्ग हो । नेपाल स्टक एक्सचेञ्जको धितोपत्र दलाल सदस्य नम्बर ८९ छ ।

प्रकाशित : मंसिर २५, २०८० २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×