कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

प्रभु क्यापिटलका ग्राहकलाई आगन्तुक रिसोर्टमा विशेष छुट

काठमाडौँ — प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकका लागि विशेष छुट अफर ल्याएको छ ।

प्रभु क्यापिटलका ग्राहकलाई आगन्तुक रिसोर्टमा विशेष छुट

प्रभु क्यापिटल लिमिटेड र आगन्तुक रिसोर्टबीचमा छुट अफरका लागि समझौता भएको छ । सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र आगन्तुक रिसोर्टका तर्फबाट मार्केटिङ डाइरेक्टर सुरज विष्टले हस्ताक्षर गरे ।

सम्झौताअनुसार प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकले आगन्तुक रिसोर्टबाट सेवा लिँदा सबै सेवाहरूमा १५ प्रतिशत छुट अफर पाउनेछन् । अफरबाट लाभ लिने रिसोर्टमा प्रभु क्यापिटलमा आफ्नो डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफनो् आईडी कार्ड देखाउनुपर्नेछ ।

बनेपा नगरपालिका, भ्यू टावर मार्ग, काभ्रेमा रहेको आगन्तुक रिसोर्ट काठमाडौबाट झन्डै ३२ किलोमिटरमा दूरीमा छ ।

प्रकाशित : मंसिर २४, २०८० १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×