कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

भूकम्पपीडितलाई शिखर इन्स्योरेन्सको दाबी रकम भुक्तानी

काठमाडौँ — शिखर इन्स्योरेन्स कम्पनीले जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित बिमितलाई दाबी भुक्तानी गरेको छ ।

भूकम्पपीडितलाई शिखर इन्स्योरेन्सको दाबी रकम भुक्तानी

भूकम्पपछि घटनास्थलमा सर्भेयर खटार्इ कम्पनीले द्रुत गतिमा क्षति मूल्याङ्कनको सुरु गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शाखा कार्यालयका कर्मचारी तथा कम्पनीले खटाएका सर्भेयरले पहिलो चरणमा बिमितसँग आवश्यक समन्वय गरेर न्यूनतम कागजात जुटाउनुका साथै दाबी रकम यकिन गरिएको थियो ।

विषम परिस्थितिमा पनि शाखा कार्यालय तथा सर्भेयरहरूको सक्रियतामा क्षति सङ्ख्याको ९० प्रतिशत दाबी भुक्तानी भइसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले जानकारी दिए ।

भेरी नगरपालिकाको खलंगामा एक कार्यक्रमकाबीच शिखर इस्योरेन्सको कर्णाली प्रदेश कार्यालयमा भूकम्प दाबी क्षतिपूर्ति रकम हस्तान्तरण गरेको बताइएको छ ।





प्रकाशित : मंसिर २१, २०८० २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×