कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

ई–सेवा र जीएस क्यासलाइनबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौँ — ई–सेवा मनी ट्रान्सफर र साइप्रसको जीएस क्यासलाइनबीच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ।

ई–सेवा र जीएस क्यासलाइनबीच रेमिट्यान्स भुक्तानी सम्झौता

स्थापना भएको तीन वर्षकै अन्तरालमा रेमिट्यान्स क्षेत्रमा ठूलो फड्को मारेको ई–सेवा मनी ट्रान्स्फर परम्परागत शैलीको सिस्टमलाई आत्मसात् गर्दै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै अघि बढेको बताइएको छ।

यो सम्झौतासँगै साइप्रसमा बसोबास तथा काम गर्दै आएका नेपालीहले जीएस क्यासलाइनका ४० शाखाबाट नेपालमा ई–सेवा मनी ट्रान्स्फरमार्फत रेमिट्यान्स पठाउन सक्छन् ।

साथै जीएस क्यासलाइनबाट पठाएको रेमिट्यान्स ई–सेवा मनी ट्रान्स्फरका १३ हजार ८ सयभन्दा बढी भुक्तानी केन्द्र, बैंक तथा वित्तीय संस्था तथा ई–सेवा एक लाखभन्दा बढी क्यास प्वाइन्ट र ७५ लाखं प्रयोगकर्ताले वालेटबाट सहजै प्राप्त गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्झौतापत्रमा ई–सेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र जीएस क्यासलाइनका तर्फबाट, प्रमुख कार्यकारी अधिकृत स्ट्याब्रोज स्ट्याब्रोले हस्ताक्षर गरेका छन् ।

प्रकाशित : मंसिर २१, २०८० २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×