कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नबिलले ल्यायो मेसिनबाट चेक क्लियरिङ सुविधा

काठमाडौँ — नबिल बैंकले किओस्क मेसिनमार्फत चेक क्लियरिङ गर्न सकिने सुविधा थालेको छ ।

नबिलले ल्यायो मेसिनबाट चेक क्लियरिङ सुविधा

यस सुविधामार्फत आउटवार्ड क्लियरिङ चेक अब ग्राहक स्वयम्ले किओस्कमार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यो सुविधासँगै अब ग्राहकले आफ्नो समय अनुकूल पारी कार्यालय समयबाहेक पनि बिनाझन्झट चेक डिपोजिट गर्न सक्नेछन् ।

यो सेवाबाट ग्राहकको समयको बचत तथा स्वचालित र स्वस्फूर्त रूपमा कारोबार हुने हुनाले यसबाट आफ्ना ग्राहकले पूर्ण रूपमा लाभ लिनेमा विश्वस्त रहेको बैंकले जानकारी दिएको छ ।

प्रकाशित : मंसिर १९, २०८० २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×