कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

आइसर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच क्यासलेस इन्स्योरेन्स सम्झौता

काठमाडौँ — नेपालका लागि आइसर कमर्सियल भेहिकल्सको एक मात्र आधिकारिक वितरक बतास एमएडब्लू कमार्सियल भेहिकल प्रालिले आफ्ना ग्राहकलाई दृष्टिगत गरी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग क्यासलेस इन्स्योरेन्ससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।

आइसर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच क्यासलेस इन्स्योरेन्स सम्झौता

टंगालस्थित बतास एमएडब्लू प्रालिका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवाल, बतास एमएडब्लू कम्पनिजका प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतास र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका तर्फबाट मार्केटिङ हेड रामजी ढकाल, उपप्रमुख कार्यकारी अधिकृत योगेशकृष्ण श्रेष्ठ, कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्ऽ बैदवार क्षेत्रीको उपस्थितिमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

क्यासलेस योजनामार्फत दुर्घटना भएको खण्डमा आइसर मोटर्स गाडीका खरिदकर्ता बतास एमएडब्लूका आधिकारिक सर्भिस सेन्टरहरूमा सिधै गई गाडी मर्मत वा बिमा रकम दाबी गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

क्यासलेस इन्स्योरेन्सअन्तर्गत ग्राहकले सवारीसाधन दुर्घटनामा परेको खण्डमा सोझै आइसरको आधिकारिक वर्कसपमा गई मर्मत गराउन सक्नेछन् । र ग्राहकले बिमा रकमबाहेकको रकम मात्र तिर्नुपर्ने हुन्छ । बाँकी रकम बिमा कम्पनी र बतास एमएडब्लूबीच कारोबार हुने बताइएको छ ।

आइसरले आफ्ना ग्राहकहरूलाई लक्ष्य गरी प्रत्येक गाडीको खरिदमा चालकलाई २५ लाखको आकस्मिक बिमा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित : मंसिर १९, २०८० २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×