कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सपोर्ट लघुवित्तको सीईओमा चौधरी 

काठमाडौँ — सपोर्ट लघुवित्त वितीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा महेश चौधरी नियुक्त भएका छन् । इटहरीस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले चौधरीलाई संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

सपोर्ट लघुवित्तको सीईओमा चौधरी 

सञ्चालक समितिले यही मंसिर १५ देखि लागु हुनेगरी उनलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार उनीसाग अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा ३ वर्ष, अध्यापन क्षेत्रमा ५ वर्ष, नेपालस्थित संयुक्त राष्ट्रसंघको एजेन्सी विश्व स्वास्थ्य संगठनमा फिल्ड लेखा तथा प्रशासनमा ७ वर्ष र लघुवित्त क्षेत्रमा व्यवस्थापकीय श्रेणीबाट प्रवेश गरी नायब प्रमुख कार्यकारी अधिकृत पदसम्म १० वर्ष काम गरेको अनुभव छ ।

प्रकाशित : मंसिर १८, २०८० २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×