कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

भक्तपुर चेम्बर अध्यक्षमा श्रेष्ठ

काठमाडौँ — भक्तपुर चेम्बर अफ कमर्सको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।

भक्तपुर चेम्बर अध्यक्षमा श्रेष्ठ

अधिवेशनले आइतबार दुई वर्षको कार्यकालका लागि कविदास श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चुनेको हो ।

चेम्बरको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ, उपाध्यक्ष एसोसिएट्समा जगतबहादुर श्रेष्ठ, उपाध्यक्षमा राधेसुन्दर साँयजू, माधवप्रसाद प्रजापति र चन्द्रभक्त श्रेष्ठ, महासचिवमा सुरेन्द्र जाकीबन्जार र कोषाध्यक्षमा ज्ञानेन्द्र मानन्धर निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी कार्यसमिति सदस्यमा न्हुछेराम धुख्वा, विजय हाछेथु, अष्टबज्र बज्राचार्य, पशुपति भुसाल, विक्रम प्रजापति, जीवन मारिखु, नानीबाबु थापा, कुलदीप जीसी, दीपककृष्ण प्रजापति र प्रश्रित भोयद्यो निर्वाचित भएका छन् ।

प्रकाशित : मंसिर १७, २०८० २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×