कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

एभरेष्ट बैंकको वित्तीय चेतनामूलक भिडियो सार्वजनिक

काठमाडौँ — एभरेष्ट बैंकले  डिजीटल लिटरेसीअन्तर्गत वित्तीय चेतनामूलक ५ किसिमका भिडियो सार्वजनिक गरेको छ । आम जनतामा डिजिटल बैंकिङप्रति जागरुक तथा सजग बनाउने उद्देश्यले उक्त भिडियो निर्माण गरिएको हो । 

एभरेष्ट बैंकको वित्तीय चेतनामूलक भिडियो सार्वजनिक

उक्त भिडियोको ५ श्रृंखला रहेको र क्रमश सार्वजनिक गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीले बताए । उक्त भिडियोमा मोबाइल बैंकिङको प्रयोग, धारा–बत्ती तथा स्कूलको बिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, सरकारी राजस्व भुक्तानी तरिका र क्यूआर कोडको प्रयोग सम्बन्धी विधि समावेश छ । बैंकले नेशनल बैंकिङ इन्स्टिच्युटसँगको सहकार्यमा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमको सुरुवात गरेको छ ।


प्रकाशित : मंसिर १२, २०८० १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×