कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सीजी मोटर्सको थप तीन नयाँ शोरुम

काठमाडौँ — इभी  नेटा भी, ११ सिटर सीजी केवाइसी भ्यान र १४ र १९ सिटर  भ्यानको अधिकारिक बिक्रेता सीजी मोटर्सले तीन वटा नयाँ शाखा खोलेको छ । ग्राहकको सहजताको लागि बिर्तामोडमा फोटेक्स डिस्ट्रिब्यूटर, वीरगन्जमा मिनोल्टा इन्भेष्टमेन्ट र धनगढीमा ब्रम्हा मोटर्सले डिलरशिपमार्फत शोरुम सञ्चालनमा ल्याएको हो । 

सीजी मोटर्सको थप तीन नयाँ शोरुम

शोरुमसँगै तीनैवटा स्थानमा सर्भिस स्टेशन पनि छिटै नै सञ्चालनमा ल्याइने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले यसअघि काठमाडौंस्थित नक्साल र पोखरामार्फत बिक्री बितरण गर्दै आइरहेको छ । कम्पनीले छिट्टै विराटनगर, लहान, हेटौंडा, भक्तपुर, चितवन, बुटवल, कोहलपुरमा बिस्तारित नयाँ शोरुमसहित सर्भिसको सुविधा उपलब्ध गराउने जनाएको छ । कम्पनीले नेपालभर ५० भन्दा बढी चार्जिङ सेवा छ थप ५० ठाउँमा चार्जिङ स्टेशन बनाउने जनाएको छ ।

प्रकाशित : मंसिर ११, २०८० १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×