कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

 शिवम् सिमेन्टको ‘शिवम् सन्देश’

काठमाडौँ — शिवम् सिमेन्टले ‘शिवम् सन्देश’ लिएर आएको छ । ‘शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित र जुगौं–जुग रहिरहने टिक्ने घर निर्माणका लागि जनचेतनामुलक सन्देशहरुको संग्रह हो ।

 शिवम् सिमेन्टको ‘शिवम् सन्देश’

यसमा घर निर्माण पुर्व निर्माणका योजनाहरु बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यान दिनु पर्ने महत्वपूर्ण जानकारी समावेश गरिएको छ । घर बनाउने जग्गाको छनौट गर्ने बारेका सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरी गर्ने ? विभिन्न मौसममा घर बनाउँदा के कस्ता कुरामा विचार पुर्याउने ? जस्ता थुप्रै अति उपयोगी जानकारीहरु समेटिएको छ । शिवम् सिमेन्ट उद्योगले एनएस क्वालीटी अवार्ड २०१९ पाइसकेको छ ।

सन् २००३ मा हेटौँडामा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय गुणस्तरीय चुनढुगांको प्रयोग गरि उच्च गुणस्तरीय सिमेन्टको उत्पादन गर्दै आएको छ । निर्माण व्यवसायी र सर्वसाधारणको भरोसा र विश्वास जित्दै आएको शिवम् सिमेन्टले लिएर आएको ‘शिवम् सन्देश’ उपभोक्ता प्रतिको उत्तरदायित्व र जिम्मेवारीको उत्कृष्ट उदाहरण हो ।

प्रकाशित : मंसिर ११, २०८० १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×