कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

एनआईएमबीकाे अफर: फन्ड ट्रान्सफरमा मोबाइल हातमा

काठमाडौँ — नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एनसीएचएलको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल हातमा’ अफर ल्याएको छ । यो अफर अन्तर्गत हरेक तीनजना भाग्यशाली मोबाइल बैकिङ प्रयोगकर्ताले बैंकको एनआइएमबी स्मार्ट एपबाट कनेक्टआइपिएसलाई  फन्ड ट्रान्सफर गर्दा स्मार्टफोन जित्न सक्नेछन् ।

एनआईएमबीकाे अफर: फन्ड ट्रान्सफरमा मोबाइल हातमा

यो अफर मंसिर १० गते देखि पुष ९ गतेसम्म लागु हुनेछ । अफरको अन्त्यमा विजेता घोषणा गरिनेछ । उक्त जानकारी बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ । फण्ड ट्रान्सफर गर्न आफ्नो एनआईएमबी स्मार्ट एपमा लग–इन गरी, फन्ड ट्रान्सफरमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्टआइपिएस छनोट गर्नुपर्नेछ ।

प्रकाशित : मंसिर ११, २०८० १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×