कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नबिल बैंकको ‘नबिल एसएसई ’ तेस्रो वर्षमा

काठमाडौँ — सामाजिक उद्यमशीलता विकासको लागि नबिल बैंकले सुरु गरेको ‘नबिल एसएसई’ दाेस्राे वर्ष पुरा गरेर तेस्रो वर्षमा लागेको छ । नबिल स्कुल अफ सोसल आन्टरप्रिनिअरसिप (नबिल एसएसई) ले आइतबार दोस्रो वार्षिकोत्सव मनाएको हो ।

दुई वर्षको अवधिमा तीन सय ३५ जना विद्यार्थीले सहभागिता जनाएको नबिल बैंकले जनाएको छ । जसमध्येबाट ५२ वटा उद्यमले ८६९ जनालाई रोजगारी दिएको छ । त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसहित आठ विभिन्न विद्यालयबाट देशभर सञ्चालन गरिएको ‘नबिल एसएसई’ कार्यक्रमले सामाजिक उद्यमशीलता बढाउन उत्प्रेरक बनेको सरोकारवालाले बताएका छन् ।

सामाजिक वित्त प्रवर्द्धनमा बैंकको भूमिका थप बढेको नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले बताए । ‘बैंकले सुरु गरेको यस पहलले देशको सामाजिक, वातावरणीय र आर्थिक विकासका लागि सामाजिक वित्त प्रवद्र्धन गर्न मद्दत पुगेको विश्वास लिएका छौं,’ उनले भने । नबिल एसएसई कार्यक्रम अन्तर्गत फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई कार्यक्रम रहेका छन् । नबिल एसएसई फेलोहरूको सफलताका कथा अहिले सबैका लागि प्रेरणादायी बनेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन सरोकारवालाले सुझाएका छन् ।

प्रकाशित : मंसिर ११, २०८० १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×