९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

प्रभु क्यापिटल र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेज बीच समझदारी  

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रभु क्यापिटल लिमिटेड र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजबीच विद्यार्थीलाई पूँजी बजारको सैद्धान्तीक तथा व्यवहारिक ज्ञान प्रदान गर्नेबारे समझदारी भएको छ । प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजका संचालक अभिषेक के. कार्कीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

प्रभु क्यापिटल र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेज बीच समझदारी  

कलेजस्थित व्यवस्थापन विभागको स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई थेसिससम्बन्धि विषय लगानी योजना, वित्तीय तथा जोखिम व्यवस्थापन सहित पूँजी बजारको सैद्धान्तीक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न समझदारी भएको हो ।

सम्झौता अनुसार प्रभु क्यापिटलले कलेजका विद्यार्थी र कर्मचारीलाई आफनो सेवामा सहुलियतसँगै विद्यार्थीको आवश्यकता बमोजिम पूँजी बजार सम्बन्धी सामान्य, आधारभुत, तथा प्राविधिक विश्लेषण सम्बन्धी ज्ञान तथा तालिमहरु प्रदान गर्नुपर्ने छ । क्यापिटलले व्यवहारिक ज्ञान प्रदान गर्न विद्यार्थीलाई इन्टर्नशिपको पनि अवसर प्रदान गर्नुपर्ने छ ।

प्रकाशित : कार्तिक २४, २०८० १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?