वार्षिकोत्सवमा फुडमान्डुको छुट अफर

काठमाडौँ — फुड डेलिभरी कम्पनी फुडमान्डुले आफ्नो सेवा थालेको १३औं वर्ष पूरा गरेको छ । यसअन्तर्गत कम्पनीले विभिन्न अफर सार्वजनिक गरेको छ ।

कम्बोमा ५१ प्रतिशतसम्म छुट, बाई वान गेट वान फ्री र अन्य थुप्रै रेस्टुरेन्टमा २५ प्रतिशतसम्म फ्ल्याट छुट हुने फुडमान्डुका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर मनोहर अधिकारीले जनाए ।
फुडमान्डुका ९५ प्रतिशत अर्डर मोबाइल एपमार्फत आउने गरेको कम्पनीले बताएको छ । सुरुवातमा १० वटा रेस्टुरेन्टबाट सुरु भएकामा अहिले १४ सय रेस्टुरेन्टहरू जोडिसकेको उनको भनाइ छ ।