कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

आर्किड गार्डेन नेपाललाई महालक्ष्मीको सहयोग

कान्तिपुर संवाददाता

काठमाडौँ —  महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्किड गार्डेन नेपाल परियोजनालाई सफल बनाउन राउन्ड टेबल नेपालसँग समन्वय गरी आर्थिक सहयोग गरेको छ ।

आर्किड गार्डेन नेपाललाई महालक्ष्मीको सहयोग

पिछडिएका बालबालिकाको अधिकार, कल्याण र स्वास्थ्य सुरक्षित गर्ने उद्देश्यले स्थापित आर्किड नेपाललाई उक्त सहयोग गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘पिछडिएका बालबालिकालाई दिवा स्याहार तथा शिक्षा प्रदान गरिरहेको बाल विद्यालयको हालको अवस्था अत्यन्त नाजुक रहेकाले विद्यालयको अवस्था सुधार गरी बालबालिकाको पठनपाठनमा सहजता पुर्‍याउने उद्देश्यले बैंकले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो,’ विज्ञप्तिमा भनिएको छ । आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने पनि बैंकले जनाएको छ ।

प्रकाशित : कार्तिक १७, २०८० ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×