कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९४

सौराहास्थित जंगल सफारी लजले ल्यायो दसैं धमाका योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — आन्तरिक पर्यटन प्रवर्द्धनका लागि घुम्ने संस्कृति विकास गर्ने उद्देश्यले चितवनको सौराहास्थित जंगल सफारी लजले  ‘दसैं धमाका’ योजना ल्याएको छ । कात्तिक १ देखि ३० सम्म लागू हुने यस योजनाअन्तर्गत नेपाली पर्यटकले प्रतिव्यक्ति दुई रात, तीन दिनको प्याकेज मात्र १२ हजार रुपैयाँमा पाउनेछन् ।

सौराहास्थित जंगल सफारी लजले ल्यायो दसैं धमाका योजना

४ वर्ष मुनिका बालबालिकालाई नि:शुल्क र ५ देखि ९ वर्षको हकमा २५ प्रतिशत छुट गरिएको लजले जनाएको छ । यस प्याकेजमा सहभागी हुनेले दुई वटा लञ्च, दुई वटा डिनर र ब्रेकफास्टसहित निकुञ्ज भित्रको जिप सफारी, डुंगा सयर, जंगल पद यात्रा, हात्ती प्रजनन केन्द्र भ्रमण, थारु नाच, सूर्यास्त र थारु गाउँ अवलोकन गर्न पाउने जंगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले जानकारी दिए ।

सहुलियत मूल्यमा स्विमिङ पुल, पूर्ण वातारणअनुकुलित कोठा, रेस्टुरेन्ट र वाइफाइ सुविधा हुनुका साथै पर्यटकले सौराहाका अन्य गतिविधिमा सहभागी हुन सक्ने उनको भनाइ छ । ‘हामीले विगत एक दशकदेखि दसैं तिहारको समयमा यस्तै योजना ल्याउँदै आएका थियौं, सफल पनि भयौं त्यसैले यो वर्ष पनि निरन्तरता दिँदै छौं,’ उनले भने ।

प्रकाशित : आश्विन २८, २०८० १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×