कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

आइसरको दसैंतिहार योजनामा स्कुटर, मोटरसाइकल तथा कार उपहार 

कान्तिपुर संवाददाता

काठमाडौँ — कमर्सियल गाडी ब्राण्ड आइसरले दसैंतिहारको अवसरमा ग्राहकका लागि उपहार योजना ल्याएको छ । नेपालका लागि कम्पनीको आधिकारिक वितरक बतास एमएडब्लू कमर्सियल भेहिकलले यो योजना घोषणा गरेको हो । बतास र एमएडब्लूको एकतापछि बतास एमएडब्लू कमर्सियल भेहिकल कम्पनी खडा भएको हो ।

आइसरको दसैंतिहार योजनामा स्कुटर, मोटरसाइकल तथा कार उपहार 

ग्राहकले नयाँ आइसर गाडीको खरिद गर्दा रोजेर उपहार लिन पाउने कम्पनीले जनाएको छ । आइसरले भोल्भोसँगको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ विभिन्न उत्पादन बजारमा उपलब्ध छन् । हाल बतास एमएडब्लूले ११ शाखा, ४ डिलर र १६ टच पोइन्टस्‌का साथ देशैभर व्यावसायिक सवारी साधन उपलब्ध गराउँदै आएको छ ।

‘योजना अन्तर्गत आइसर बस, ट्रक तथा ट्रिपरको खरिदमा सुनको बहार, टुर प्याकेज, यामाहा बाइक र स्कुटर, सवारी साधनको फ्री सर्भिसिङ र स्पेयर पार्ट्स अथवा फ्री ईएमआई मध्येबाट ग्राहकले रोजेर उपहार लिन पाउने छन्’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘योजनाको अन्त्यमा बम्पर उपहार अन्तर्गत एकजना भाग्यमानीले मिनी ईभी कार पनि पाउने छन् ।’

उल्लेखित उपहारबाहेक चालकलाई पाँच लाख र पच्चीस लाखको आकस्मिक बीमा, १ वर्षको सवारी बीमा तथा १ आर्थिक वर्षको सम्पूर्ण सडक करको सुविधा पनि प्रदान हुने कम्पनीले जनाएको छ ।


प्रकाशित : आश्विन १६, २०८० १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×