कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआईबीएल र मेगा क्यापिटल गाभिएसँगै एकीकृत कारोबार सुरु

काठमाडौँ — तत्कालीन नेपाल इन्भेस्टमेन्ट र मेगा बैंक गाभिएसँगै सहायक कम्पनीहरु एनआईबीएल एस क्यापिटल र मेगा क्यापिटल मार्केट पनि गाभिएर एकीकृत कारोबार सुरु भएको छ । एनआईएमबी एस क्यापिटलको नामबाट सोमबारदेखि एकीकृत कारोबार सुरु भएको हो । 

एनआईबीएल र मेगा क्यापिटल गाभिएसँगै एकीकृत कारोबार सुरु

एनआईबीएल एस क्यापिटलले मेगा क्यापिटल मार्केट्सलाई प्राप्ती गर्ने सम्बन्धमा दुवै संस्थाहरुको जेठ २९ गते सम्पन्न विशेष साधारणसभाबाट निर्णय भएको थियो । प्राप्तीपश्चात कम्पनीको चुक्ता पुँजी ४७ करोड हुनेछ । कम्पनीका अनुसार ४ लाख ८५ हजार भन्दा बढी हितग्राही खाता, ७ वटा शाखा कार्यालय संचालनमा हुनेछन् । ५५ वटा भन्दा बढी कम्पनीको सेयर रजिष्ट्रार कार्य मार्फत करिब २५ लाख भन्दा बढीे सेयरधनीलाई सेवा प्रदान हुने कम्पनीले जनाएको छ ।


प्रकाशित : असार १८, २०८० १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?