ग्लोबल आईएमईका ग्राहकलाई लुम्बिनी केबलकार टिकटमा १०% छुट


काठमाडौँ — ग्लोबल आईएमईका ग्राहकले बैंकको मोबाइल एप्लिकेसन ग्लोबल स्मार्ट प्लसमार्फत लुम्बिनी केबलकारको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकले रुपन्देही जिल्लाको बुटवलस्थित लुम्बिनी केबलकारको टिकट खरिदमा सीमित अवधिका लागि छुट उपलब्ध हुने योजना सार्वजनिक गरेको हो ।


यो योजनाअर्न्तगत ग्लोबल आईएमई बैंकको मोबाइल एप्लिकेसन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले क्यूआरमार्फत भुक्तानी गर्दा तथा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले पीओएस मेसिनबाट टिकट खरिद गर्दा १० प्रतिशत तथा अधिकतम १०० रुपैयाँसम्म छुट पाउने बैंकले जनाएको छ । बैंकका देशभर ३५७ शाखा कार्यालय, ३५७ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा संचालनमा छन् ।