कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सामसङले ल्यायो १०८ एमपी क्यामेरायुक्त ग्यालेक्सी एफ ५४ 

काठमाडौँ — सामसङले ग्यालेक्सी एफ ५४ स्मार्टफोन फाइभजीका साथ नेपाली बजारमा ल्याएको छ । कम्पनीको यो नयाँ हाइ–रेन्ज स्मार्टफोनमा १०८ मेगा पिक्सेलको मुख्य क्यामेरा, ओआईएस र ग्यालेक्सीको प्रिमियम डिजाइन उपलब्ध छ ।

सामसङले ल्यायो १०८ एमपी क्यामेरायुक्त ग्यालेक्सी एफ ५४ 

६.७ इन्च सुपर एमोलेड प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट रहेको फोन ८ जीबी र्‍याम क्षमता र २५६ जीबी आन्तरिक मेमोरीको साथ उपलब्ध छ । यसको १०८ एमपी मुख्य क्यामेराका अलवा ८ एमपी अल्ट्रा–वाइड र २ एमपी म्याक्रो लेन्स क्यामेराबाट हुने ट्रिपल–लेन्स सेटअपले प्रयोगकर्तालाई एडभान्स क्यामेराको अनुभव दिलाउने कम्पनीको दाबी छ ।

सेल्फी क्यामेराका लागि ३२ मेगापिक्सेलको क्यामेरा दिइएको छ । ‘अक्टा–कोर एक्जिनोस १३८० चिपसेट जडित ग्यालेक्सी एफ ५४ टिकाउ छ’ कम्पनीको विज्ञप्तिमा भनिएको छ ‘उत्कृष्ट ६००० एमएएच ब्याट्री रहेको यस फोनले प्रयोगकर्तालाई पावर सकिने चिन्ता रहन्न ।’ २५ वाटको सुपर–फास्ट चर्जिङले ३० मिनेटमै पूरा चार्ज हुने कम्पनीको दाबी छ । ४ जेनेरेसनसम्म ओएस अपग्रेड र ५ वर्ष सम्मको ग्यारेन्टेड सुरक्षा अपडेट यसमा छ । फोन सिल्भर र ब्लू रंगमा उपलब्ध छ । ८ र २५६ जीबी भेरियन्टको मूल्य ५२ हजार ४९९ रुपैयाँ तोकिएको छ ।


प्रकाशित : जेष्ठ २४, २०८० १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×