कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

रेड्मी नोट १२ फाइभजी बजारमा

काठमाडौँ — साओमीले रेड्मी नोट १२ (फाइभजी) नेपाली बजारमा सार्वजनिक गरेको छ । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले उचित मूल्यमा नवीनतम प्रविधिसहितको यो फोन बजारमा आएको बताए ।

रेड्मी नोट १२ फाइभजी बजारमा

एमोलेड डिस्प्लेयुक्त यो फोनले १२० हर्ज रिफ्रेस दर प्रदान गर्ने कम्पनीले जनाएको छ । डबल सिम कार्ड चल्ने फोनमा ८ जीबी र्‍याम र २५६ जीबी भण्डारण छ । ३३ वाट फास्ट चार्जिङमा उपलब्ध फोन लामो समयसम्म ब्याट्री टिक्ने कम्पनीको दाबी छ । यसमा ५ हजार एमएएचको ब्याट्री उपलब्ध छ ।

तीन वटा क्यामेरा फोनमा छ । मुख्य क्यामेरा ४८ एमपी, अल्ट्रा–वाइड ८ एमपी र म्याक्रो क्यामेरा २ एमपीको छ । सेल्फी खिच्ने क्यामेरा १३ एमपीको छ । ओनक्स ग्रे, फरेस्ट ग्रीन र आइसब्लु गरी तीन रंगमा फोन उपलब्ध छ । ६ र १२८ जीबीको मूल्य २९ हजार ९ सय ९९ रुपैयाा तथा ८ र २५६ जीबी भेरियन्टमा ३१ हजार ९९९ रुपैयाा छ ।


प्रकाशित : जेष्ठ १९, २०८० १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×