कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

एनसेलले विराटनगरको हाटखोलामा शनिबार कन्सर्ट गर्ने 

विराटनगर — एनसेल आजियाटा लिमिटेडले शनिबार विराटनगरको हाटखोलामा चर्चित कलाकार तथा विभिन्न सांगीतिक समूहको साथमा भव्य कन्सर्ट गर्ने भएको छ । कन्सर्टमा चर्चित कलाकार तथा ब्याण्ड दिपक बज्राचार्य, रिदम ब्याण्ड, आशिष राना (लाउरे) शिव परियार, द एलिमेन्ट्स ब्याण्ड, अस्मिता अधिकारी, सुनिल पण्डित, केकी अधिकारी लगायतले आफ्नो प्रस्तुती दिनेछन् ।

एनसेलले विराटनगरको हाटखोलामा शनिबार कन्सर्ट गर्ने 

शनिबार अपरान्ह करिव ६ घण्टा चल्ने कन्सर्टमा रिदम र द एलिमेन्ट्स ब्याण्डका अन्य कलाकारले उत्कृष्ट प्रस्तुती दिने प्रयासमा रहेको दिफक बज्रचार्यले बताए । कार्यक्रमका बारेमा शुत्रबार पक्रकार सम्मेलन आयोजना गरी जानकारी दिइएको हो । कार्यत्रमको प्रत्यक्ष प्रशारण एनसेलको फेसबुक पेजबाट हुनेछ ।

कार्यक्रम स्थलमा एनसेलको स्टल रहने र स्टल मार्फत कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाका बारेमा पनि दर्शकलाई जानकारी गराइने आयोजकले जनाएको छ । यो कार्यक्रमले हालको शिथिल बजारलाई चलायमान बनाउन सहयोग पुग्ने एनसेलको भनाइ छ । यसअघि एनसेलले नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते काठमाडौंको दरबारमार्गमासडक महोत्सव आयोजना गरेको थियो । अर्थतन्त्र, पर्यटन व्यवसायको उत्थान र आन्तरिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले कन्सर्ट आयोजना गरिएको एनसेलको भनाइ छ ।


प्रकाशित : जेष्ठ १२, २०८० १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×