फोनपे र एनएमबी क्यापिटलबीच आईपीओ जारी गर्ने विषयमा सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — भुक्तानी प्रणाली सञ्चालक, फोनपे पेमेन्ट सर्भिसले आईपीओ जारी गर्न पूर्वतयारी थालेको छ । यसका लागि फोनपे र एनएमबी क्यापिटलबीच परामर्श सेवासम्बन्धि सम्झौता भएको छ । एनएमबी क्यापिटलले फोनपेलाई आफ्नो विशेषज्ञता र क्षमताका आधारमा आईपीओ जारी गर्ने सम्बन्धमा परामर्श प्रदान गर्ने जनाएको छ ।

पूर्वतयारीको काम सकिएपछि नियामक निकायबाट स्वीकृति लिई फोनपेले सर्वसाधारणका लागि आईपीओे जारी गर्नेछ । फोनपे आईपीओ जारी गर्ने तयारीमा रहेको नेपालको पहिलो फिनटेक कम्पनी हो । फोनपेका प्रमुख कार्यकारी प्रमुख दिवस सापकोटाले एनएमबीसँगँको सम्झौताले आफूहरूलाई सहज हुने बताएका छन् । सन् २०१९ देखि सञ्चालनमा रहेको फोनपेले बैंक तथा वालेट प्रदायकका ग्राहकहरूलाई मोबाइल फोनमार्फत नगदरहित भुक्तानी सेवा दिँदै आएको छ ।

फोनपे नेटवर्कमा ५८ वटाभन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्य छन् भने १ करोड ८० लाखभन्दा बढी सेवाग्राही र १२ लाख बढी मर्चेन्टहरू आवद्ध रहेको कम्पनीले जनाएको छ । 'दैनिक सात अर्बभन्दा बढीको नगदरहित कारोबारलाई सहजिकरण गरिरहेका छौं,' विज्ञप्तीमा भनिएको छ, 'एनएमबी बैंकको सहायक कम्पनी एनएमबी क्यापिटल, नेपाल धितोपत्र बोर्डद्वारा इजाजतपत्र प्राप्त संस्था हो । यसले मर्चेन्ट बैंकिङको सेवा दिइरहेको छ ।'

प्रकाशित : जेष्ठ १०, २०८० २०:३१
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वपरराष्ट्र सचिव श्रेष्ठसहित १२ जना सम्मानित

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल परराष्ट्र सेवा दिवसको अवसरमा बुधबार पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठसहित १२ जनालाई सम्मान गरिएको छ ।

परराष्ट्र मन्त्रालयले गत वर्षबाट मनाउन थालेको परराष्ट्र सेवा दिवसको अवसरमा यसपटक २०१८ साल जेठ ११ देखि २०२३ सालसम्म सेवाबाट अवकाश पाएका १० जना जना तथा गत वर्ष २०७९ सालमा अवकाश पाएका दुई जनालाई सम्मान गरेको हो ।

यसरी अवकाश पाएका १० जना पुराना परराष्ट्र सेवाका कर्मचारीमा पूर्वपरराष्ट्र सचिव श्रेष्ठसहित पूर्वराजदूत सुन्दरनाथ भट्टराई, नरसिंहमान प्रधान, पुरुषोत्तमलाल श्रेष्ठ, शशीभक्त बम मल्ल, बद्रीप्रसाद खनाल, गोविन्द्रदेव पन्त, रामहरि खड्का, कृष्णकुमार सुवेदी र श्रीकृष्ण गोपाल सालीके छन् ।

यस्तै, गत वर्ष अवकाश पाएर सम्मानित हुनेहरुमा पूर्वराजदूत प्रकाशकुमार सुवेदी र रामसिंह थापा छन् ।

उनीहरुलाई परराष्ट्र मन्त्री एनपी साउद, मुख्यसचिव शंकरदास वैरागी र परराष्ट्र सचिव भरतराज पौड्यालले दोसल्ला ओढाएर सम्मान गरे ।

प्रकाशित : जेष्ठ १०, २०८० २०:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×