कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

सिद्धार्थ बैंकको सहयोगमा निर्मित नारायणी अस्पतालको डायलासिस भवन हस्तान्तरण

काठमाडौँ — सिद्धार्थ बैंकले वीरगञ्जस्थित नारायणी अस्पतालमा डायलासिस भवन निर्माण गरी हस्तान्तरण गरेको छ । गत असोजमा नारायणी अस्पताल र राउण्ड टेबल नेपालसँग गरेको सम्झौता बमोजिम बैंकले ५५ लाख रुपैयाँ लागतमा उक्त भवनको प्रवलीकरण तथा निर्माण सम्पन्न गरी  बिहीबार अस्पताललाई हस्तान्तरण गरेको हो ।

सिद्धार्थ बैंकको सहयोगमा निर्मित नारायणी अस्पतालको डायलासिस भवन हस्तान्तरण

नारायणी अस्पतालमा एक कार्यक्रम आयोजना गरी बैंकका सञ्चालक समिति अध्यक्ष मनोज कुमार केडियाले भवनको उपयोग तथा दायित्व अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चित्रन्जन साहलाई हस्तान्तरण गरे । कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट साहले उक्त सहयोगले विरामीहरुलाई व्यवस्थित तरिकाले अस्पतालको सेवा सुविधा प्रदान गर्न मद्दत पुग्ने बताए ।




प्रकाशित : चैत्र १६, २०७९ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×