केएफसीको सोह्रौं शाखा सामाखुसीमा

कान्तिपुर संवाददाता

काठमाडौँ — अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा सोह्रौं शाखा विस्तार गरेको छ । टोखा नगरपालिका वडानम्वर १० स्थित नर्थ सिटी मलमा केएफसी नेपालको आधिकारिक फ्रेन्चाइजी देवयानी इन्टरनेसलन नेपालले शाखा सञ्चालनमा ल्याएको हो । यस शाखामा एक पटकमा ५१ जनाले सेवा लिन सक्ने रेस्टुरेन्टले जनाएको छ ।

केएफसीका आउटलेटमा हट एण्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्स, बर्गर लगायत परिकार पाइन्छ । साथै अर्डर गरेर अनलाइनमार्फत रकम भुक्तानी गरी ग्राहकले द्रुत सेवा लिन सक्ने केएफसीले जनाएको छ । ‘यस रेस्टुरेन्टले बिहान ११ बजेदेखि रातको ११ बजेसम्म डाइन इन र टेक अवेमार्फत सेवा दिइरहेको छ’ एक विज्ञप्ति जारी गर्दै केएफसीले भनेको छ ‘फुडमान्डु, भोज डिल र पठाओ फुडका डेलिभरी सेवामार्फत घरै बसेर विश्वस्तरीय परिकारको मज्जा लिन सकिनेछ ।’ कम्पनीका अनुसार हरेक ग्राहकले कस्टमर स्कृनबाट आफूले अर्डर गरेको परिकार बनाइरहेको समेत ट्रयाकिङ गर्न सक्नेछन् ।


प्रकाशित : चैत्र १६, २०७९ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्

बन्दीपुर केवलकारको आईपीओ बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बिक्री प्रवन्धकमा एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त भएको छ । प्रतिसेयर अंकित मूल्य १ सय रुपैयाँका दरले २५ लाख ८० हजार कित्ता साधारण सेयर निस्कासन तथा बिक्रीका लागि नेपाल एसबीआई मर्चेन्ट बैकिङ निस्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालय हात्तिसारमा आयोजित एक समारोहबीच बैंकिङको तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केवलकार एण्ड टुरिजमको तर्फबाट अध्यक्ष राम चन्द्र शर्माले धितोपत्र निस्कासन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।


प्रकाशित : चैत्र १६, २०७९ १०:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×