कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — कुमारी बैंकका ग्राहकले नेसनल प्याथ ल्याबमा छुट पाउने भएका छन् । बैंक र नेसनल प्याथ ल्याबबीच यससम्बन्धी सम्झौता भएको छ । ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने र डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने नेसनल प्याथ ल्याबसँग सम्झौता गरिएको बैंकले जनाएको छ । 

उक्त सम्झौताअनुसार नेसनल प्याथ ल्याबका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ‘इनहाउस’ परीक्षणमा २० प्रतिशत र ‘आउटसोर्स’मा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ । कुमारी बैंकले देशभरका ३०४ शाखा सञ्जाल, २९४ एटीएम, ६२ शाखारहित बैंकिङ इकाइ तथा ४८ एक्सटेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।


प्रकाशित : चैत्र १२, २०७९ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्

विद्युत सवस्टेशनबाट चोरीको तारसहित भारतीय नागरिक पक्राउ

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको बलरामा निर्माणाधीन विद्युत सवस्टेशनबाट चोरी भएको तामाको तारसहित प्रहरीले एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले आइतबार बिहान बलरा नगरपालिका–८ स्थित हुलाकी सडकमा पर्ने बलुवाभारमा लुकाइछिपाइ अवस्थामा राखिएको १६ बोरा तामाको तार बरामद गरी भारत मोतिहारी विष्णुपुर–११ का १९ वर्षीय साजनकुमार सोनीलाई पक्राउ गरेको हो ।

स्थानीयहरूका अनुसार बलरा–८ मै निर्माण भइरहेको विद्युत सवस्टेशनबाट शनिबार तार चोरी भएको थियो । तार चोरेको आरोपमा सोनीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

प्रकाशित : चैत्र १२, २०७९ १९:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×