नक्साल र बालकुमारीमा खुल्यो रोयल इन्फिल्डको सोरूम

कान्तिपुर संवाददाता

काठमाडौँ — रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले काठमाडौंको नक्साल र कोटेश्वरस्थित बालकुमारी पुलनजिक दुई ठाउँमा सोरूम सञ्चालनमा ल्याएको छ । त्रिवेणी ग्रुपका अध्यक्ष पुरुषोत्तमलाल संघाईले विशेष कार्यक्रम बीच सोरूमको उद्घाटन गरे । 

रोयल इनफिल्ड मोटरसाइकल सोरूम ‘वाइकर्स होम’को अवधारणामा निर्माण गरिएको अल्फा अटोमोटिभले जनाएको छ । कम्पनीका अनुसार यी सोरुमबाट बाइक, राइडिङ गियर, जेनविन मोटरसाइकल एसेसरिज, स्पेयर पार्टस् बिक्री तथा बिक्रीपछिका सेवा प्रदान गरिनेछ । रोयल इनफिल्डले सन् १९०१ देखि मोटरसाइकल उत्पादन गर्दै आएको छ ।

हाल नेपालमा यो मोटरसाइकलका ६ वटा सोरूम सञ्चालनमा छन् । नक्साल, कोटेश्वर, पोखरा, बुटवल, धरान र इटहरीमा सोरूम सञ्चालन भइरहेको छ भने चैत महिनाभित्र बिर्तामोड, टाँडी, सुर्खेत र भक्तपुरमा सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ । त्यस्तै असार महिनाभित्र थप ८ वटा सोरूम विराटनगर, राजविराज, जनकपुर, हेटौंडा, नारायणगढ, दाङ, नेपालगन्ज र त्रिपुरेश्वरमा सञ्चालनमा ल्याइने कम्पनीको दाबी छ ।


प्रकाशित : चैत्र ८, २०७९ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्

अनन्तको गोलमा नेपाल १-० ले अगाडि 

राजु घिसिङ

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिमले प्रधानमन्त्री कप त्रिदेशीय प्रतियोगिताको उद्घाटन खेलको पहिलो हाफमा बुधबार लाओसविरुद्ध १-० को अग्रता लिएको छ ।

दशरथ रंगशालामा भइरहेको खेलमा डिफेन्डर अनन्त तामाङको हेडर गोलमा घरेलु टिमले अग्रता लिएको हो । उनले नवीन लामाको कर्नरमा ३० औं मिनेटमा गोल गर्दै नेपाललाई १-० ले अगाडि बढाएका हुन् ।




प्रकाशित : चैत्र ८, २०७९ १८:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×