कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

ग्लोबल आईएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा १० प्रतिशत छुट 

काठमाडौँ — ग्लोबल आईएमई बैंकका ग्राहकले मेट्रो मार्टका स्टोरहरूबाट किनेको सामान भुक्तानीमा क्यूआर प्रयोग गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । यस योजनाअर्न्तगत ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट मेट्रो मार्टमा राखिएका स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्नुपर्नेछ ।

ग्लोबल आईएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा १० प्रतिशत छुट 

‘एक पटकको खरिदमा १ सय रुपैयाँसम्म र योजना अवधिभर ३ सयसम्म छुट पाइनेछ’ बैंकले विज्ञप्तिमार्फत भनेको छ । यो योजना सीमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा, र पेप्सीकोला स्थित स्टोरहरुमा लागू भएको बैंकले जनाएको छ । बैंकका शाखा ७७ वटै जिल्लामा पुगेका छन् । बैंकका देशभर कुल ३६४ शाखा कार्यालय, ३६३ एटीएम, ३२१ शाखा रहित बैंकिङ सेवा संचालनमा छन् ।


प्रकाशित : चैत्र २, २०७९ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×