प्रभु बैंकको पीओएस मार्फत् अतिरिक्त बैंकिङ सेवा सञ्चालन


काठमाडौँ — प्रभु बैंकले विद्युतीय भुक्तानी कार्ड सम्बन्धी सेवालाई थप सहज बनाउन एटीएम सञ्चालन नभएका शाखा कार्यालयबाट समेत प्वाइन्ट अफ सेल (पीओएस) मेसिनको माध्यमबाट ग्रीन पिन सेट गर्न, पिन परिवर्तन गर्न र विद्यूुतीय भुक्तानी कार्डको माध्यमबाट नगद झिक्न सकिने अतिरिक्त सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले विद्युतीय भुक्तानी कार्ड सम्बन्धी सेवा सहज बनाउन नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) सँगको सहकार्यमा पीओएस मार्फत् विद्युतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवाको सुरुवात गरेको छ ।