आईएमएसले भन्यो : विमानस्थलको नयाँ आगमन मार्ग सहज बनाइन्छ- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईएमएसले भन्यो : विमानस्थलको नयाँ आगमन मार्ग सहज बनाइन्छ

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबारे केही दिनअघि सार्वजनिक भएको आगमन कक्षको ट्राभलेटरसँग सम्बन्धित सार्वजनिक  गुनासो तथा समस्याबारे गम्भीर ध्यानाकर्षण भएको आईएमएस ग्रुपले जनाएको छ । ग्रुप अन्तर्गतको आईएमएस एयरपोर्ट सर्भिसेज प्रालिले विमानस्थल व्यवस्थापन गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलका यात्रु बाहिर निस्किने मार्ग, प्रतिक्षा कक्ष तथा पार्किङ क्षेत्रलाई सहज, सुरक्षित बनाउने ग्रुपले प्रतिबद्धता जनाएको छ । एक विज्ञप्ति जारी गर्दै आईएमएसले भनेको छ ‘आगमन कक्षमा जतिसक्दो छिटो १० यात्रु क्षमताको नयाँ एलिभेटर थपिनेछ जसले आगमन कक्षको उक्त क्षेत्रमा हुने भीडभाड व्यवस्थापनमा सहज हुनेछ र समस्याहरु न्यूनीकरणमा सहयोग गर्नेछ ।’

त्यस्तै विमानस्थलको आगमन कक्षमा ह्विल लकिङ सिस्टम भएका ट्रलीहरु र प्रस्थान कक्षका ह्विल लकिङ सिस्टम नभएका ट्रलीहरु मिसमास नहोस् भन्नका लागि उच्च सतर्कता अपनाइने कम्पनीले जनाएको छ । त्यहाँ भएका ट्रलीहरु नियमित रुपमा मर्मतसम्भार गरिने आईएमएसले जनाएको छ । ह्विल लकिङ सिस्टम नभएका ट्रलीहरु प्रस्थान कक्षबाट आगमन कक्षमा पुगेर नयाँ ट्रलीहरुसँग मिसमास भइरहेपछि ट्राभलेटरमा ती पुराना ट्रलीहरुका कारण धेरै लगेज भएका यात्रुहरुका लागि समस्या भएको आईएमएसले जनाएको छ ।


प्रकाशित : माघ १८, २०७९ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्

झुट्टा प्रमाणपत्र पेस गर्ने प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको आरोपमा भिमोदय नमुना माध्यमिक विद्यालय, चितवनका प्रधानाध्यापक ४७ वर्षीय हरिप्रसाद कँडेलविरुद्ध मुद्दा दायर भएको छ । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चितवन, कालिका नगरपालिका ५ बस्ने प्रधानाध्यापक कँडेलमाथि बुधबार विशेष अदालत काठमाडौंमा दर्ता गरेको जनाएको छ । झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्रहरु पेसगरी भिमोदय मावि शिक्षक पदमा नियुक्त भई हालसम्म लाभ लिई भ्रष्टाचार गरेको देखिएकोले उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) वमोजिम कैद र जरिवानाको सजाय हुन अभियोग माग/दाबी अख्तियारले गरेको छ ।

कँडेलले जागिर प्रवेश गर्दा भीमोदय माविबाट एसएलसीदेखि नेपाल-भारतका विभिन्न विश्वविद्यालयमा विभिन्न तह उत्तीर्ण गरेको र विद्यावारिधि अध्ययनरत रहेको विवरण फाराममा उल्लेख गरेका छन् ।

उनको कागजातका विषयमा आयोगका अनुसन्धान अधिकृतद्वय समन्तमणि आचार्य र राजकुमार श्रेष्ठले अनुसन्धान गरेका थिए । प्रधानाध्यापक कँडेलको शिक्षा विकास तथा समन्वय इकाई, चितवनमा दुईवटा फाइल फेला परेको, फाइलमा सिटरोल फाराम संलग्न नभएको, दुईवटा फाइल खडा भएको सम्बन्धमा कार्यालयबाट स्पष्ट जानकारी नदिइएको लगायत कैफियत फेल परेको थियो ।

आचार्यको प्रतिवेदनअनुसार कँडेलले युनाइटेड टेक्निकल कलेज भरतपुर-११ मा उनले सन् २०१८ मा एक सेमेस्टरमात्र अध्यापन गराएको, सो समयमा पेस गरेका शैक्षिक योग्यताका प्रमाणपत्रहरु फेला नपरेको तर उनले अध्यापन गर्नुपूर्व आफ्नै इमेलमार्फत उक्त कलेजको प्रशासन शाखामा पठाएको बायोडाटा सहितको विवरण एवं इमेलको प्रिन्ट प्रति कलेज प्रशासनबाट प्रमाणित गरी लिइएकोजस्ता विषय उल्लेख छन् ।

आरोपपत्रको पूर्ण पाठ :

प्रकाशित : माघ १८, २०७९ १८:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×