भाइबरका बिजनेस इनबक्स र कमर्सियल एकाउन्ट- बजार - कान्तिपुर समाचार

भाइबरका बिजनेस इनबक्स र कमर्सियल एकाउन्ट

कान्तिपुर संवाददाता

काठमाडौँ — राकुटेन भाइबरले आफ्नो एपमा ब्रान्ड प्रयोगकर्ताबीच अन्तरक्रिया बढाउन दुई प्रमुख सुरुवात घोषणा गरेको छ । नयाँ प्रस्तावमा बिजनेस इनबक्स र खोजी गर्न मिल्ने कमर्सियल एकाउन्ट छन् ।

यो भाइबरको दीर्घकालीन सुपर एप रणनीतिको अर्को चरण बन्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बिजनेस इनबक्स र कमर्सियल एकाउन्टले ग्राहकलाई आफ्नो अनुभव सुधार गर्न र ब्रान्ड भिजिबिलिटी बढाउन मद्दत गर्ने कम्पनीको भनाइ छ । ‘बिजनेस इनबक्स नयाँ कमर्सियल एकाउन्टको सुन्दर अनुभवका लागि अर्को कदम हो, जहाँ प्रयोगकर्ताले एकै ठाउँमा ब्रान्डसँग संलग्न हुने सबै तरिका पत्ता लगाउँछन्,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : माघ १२, २०७९ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्

यूएनडब्लूटीओका महासचिवले भने- नेपाललाई पर्यटन क्षेत्रमा सहयोग निरन्तर रहन्छ

कान्तिपुर संवाददाता

काठमाडौँ — संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठन (यूएनडब्ल्यूटीओ) का महासचिव जुराव पोलोलिकासभिलीले नेपाललाई पर्यटन क्षेत्रका विभिन्न क्षेत्रमा यूएनडब्लूटीओको निरन्तर सहयोग रहने आश्वासन दिएका छन् ।

म्याड्रिडस्थित आफ्नो कार्यालयमा स्पेनका लागि नेपालकी राजदूत शर्मिला पराजुली ढकालले यूएनडब्लूटीओको महासचिव पोलोलिकासभिलीलाई ओहोदाको प्रमाणपत्र बुझाएपछि भएको द्विपक्षीय भेटवार्तामा महासचिव पोलोलिकासभिलीले नेपाल र यूएनडब्लूटीओबीचको विद्यमान सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरेका हुन् ।

दूतावासका अनुसार महासचिवले दुवै पक्षले नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल र यूएनडब्लूटीओबीच थप सम्भावित सहयोग क्षेत्रहरू पहिचान गर्ने विषयमा छलफल भएको उल्लेख गरे । स्पेनका लागि नेपाली राजदूत पराजुली यूएनडब्लूटीओको स्थायी प्रतिनिधि पनि हुन् । सोही कारणले गर्दा उनले ओहोदाको प्रमाणपत्र बुझाएकी हुन् ।

राजदूत पराजुलीले यूएनडब्लूटीओलाई नेपालको पूर्ण समर्थन रहेको उल्लेख गर्दै विश्व पर्यटनलाई आकार दिन संस्थाले खेलेको महत्त्वपूर्ण भूमिका खेलेको बताइन् । राजदूत पराजुलीले नेपालमा सन् २०२३ को मार्च १५–१७ सम्म क्षेत्रीय प्राविधिक कार्यशाला आयोजना गर्न लागेकोमा महासचिवलाई धन्यवाद दिइन् ।

प्रकाशित : माघ १२, २०७९ १८:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×