कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

कवि कुन्ता शर्मा सम्मानित

अर्जुन सुवेदी

सुनसरी — वरिष्ठ कवि कुन्ता शर्मा सम्मानित भएकी छन् । इटहरी लेडी जेसीजको जेसीज सप्ताहको समापनको अवसर पारेर कवि शर्मालाई नगदसहित सम्मान गरिएको हो । 

कवि कुन्ता शर्मा सम्मानित

कार्यक्रममा शर्मालाई कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई र इटहरी लेडी जेसिजकी अध्यक्ष इन्दिरा काफ्लेले सम्मान गरेका हुन् । नेपाली वाङ्मय क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको र महिलाहरूकी उत्प्रेरणाकी स्रोत शर्मालाई नगद १० हजारसहित सम्मान गरिएको अध्यक्ष काफ्लेले जानकारी दिइन् ।

कार्यक्रममा कविहरू मनु मञ्जिल, देवान किराती, टीका आत्रेय, हेमन यात्री, प्रज्वल पराजुली, शुभलक्ष्मी लम्साल, रमेश सायन, युवराज काफ्ले, शकुन्तला मञ्जरी, विवेक रेग्मी, किरण शिवा, अञ्जना पोखरेलले कविता वाचन गरेका थिए ।

कार्यक्रममा जेसीजकी अध्यक्ष काफ्लेले सप्ताह कार्यक्रमभरि विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरेको बताइन् । सप्ताहको पहिलो दिन असार २२ गते नेपाल जेसीजका संस्थापक अध्यक्ष भेषबहादुर थापालाई सम्मान गरिएको थियो । साथै, अर्थ तथा परराष्ट्र नीति र यसको प्रभावबारे विमर्श कार्यक्रम आयोजना गरियो । उक्त कार्यक्रममा डा. मीनेन्द्र रिजाल र डा. विमला पौडेल वक्ता थिए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कार्यक्रम उद्घाटन गरेका थिए ।


प्रकाशित : असार ३०, २०८१ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×