कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

राजेश हमालसहित पाँचलाई बिसे नगर्ची सम्मान

झापा — पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार मानिने विश्वेश्वर नौबाग अर्थात् विशे नगर्चीको सम्मानमा गोर्खा फाउन्डेसन झापाद्धारा स्थापित ‘विशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान’ बाट नेपाली सिने जगतका ‘महानायक’ राजेश हमालसहित विभिन्न पेशा व्यवसायसँग आवद्ध पाँच प्रतिभा बुधवार सम्मानित एका छन् । 

राजेश हमालसहित पाँचलाई बिसे नगर्ची सम्मान

नेपाली चलचित्र क्षेत्रमा बिगत चार दशकदेखि सक्रिय हमाललाई समतामूलक समाज निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो । हमालले दुई वर्ष अघि गैर सरकारी संस्था समता फाउण्डेसनद्वारा निर्मित ‘जातको प्रश्न’ नामक कार्यक्रममा प्रस्तोताको रुपमा काम गरेका थिए ।

कुनै समयमा नेपाली चलचित्र क्षेत्रमा तुलसी घिमिरेको एक छत्र राज थियो । भारतको कालेबुङका घिमिरेले सन् १९८१ मा ‘बाँसुरी’ वाट चलचित्र क्षेत्र प्रवेश गरेका थिए । उनले करिव चार दशकमा कुशुमे रुमाल, चिनो, लाहुरे, दर्पण छायाँ लगायत दुई दर्जन बढी सर्वोत्कृष्ट चलचित्र निर्माण गरेका थिए ।

संगै उनले चलचित्रलाई प्रयोग गरेर समतामुलक समाज निर्माणमा समेत योगदान गरेका थिए । कार्यक्रममा मानवविहीन अन्टार्क्टिका महादेशमा पहिलो नेपाली पाइला राख्ने भुवनसिंह विश्वकर्मालाई समेत सम्मानित गरियो । भारतीय गोर्खा रेजिमेण्टमा कार्यरत रहँदा विश्वकर्माले सन् १९८६ र १९९२ मा दुई पटक अन्टाक्र्टिका महादेशको यात्रा तय गरेका थिए ।

रुपन्देही, बुटवलका विश्वकर्माको सम्मानमा बुटवल र हेटौंडामा मार्ग पनि बनाइएको छ । उनले २०५५ सालमा प्रतिष्ठित गोर्खा दक्षिणवाहु दोश्रो समेत पाएका थिए । पहिलो नेपाली दलित महिला प्रमुख जिल्ला अधिकारी सीता परियारलाई पनि कार्यक्रममा सम्मानित गरियो । नेपाली समाजको पिंधमा रहेको उत्पीडित समुदाय, त्यसमा पनि महिलाको सामाजिक, राजनीतिक तथा निजामती क्षेत्रमा उपस्थितिको अवस्था कहाली लाग्दो छ । उत्पीडित महिलाहरुले भोग्नु परेको यस्तो अक्करिलो अवस्थामा समेत परियार २०६८ मा निजामती सेवामा प्रवेश गरी उत्पीडित महिलाबाट पहिलो स्थानीय विकास अधिकारी तथा प्रमुख जिल्ला अधिकारी बनेकी हुन् ।

झापाका सहकारीकर्मी महेन्द्र गिरीले पनि पहिलो विसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान पाए । खासगरी सहकारीमार्फत आर्थिक–सामाजिक जनजीवन चलायमान बनाउन गिरीको भूमिका उल्लेख्य छ । उनी सहकारीका अलवा समर्पण अभियन्ताका अगुवा समेत हुन् । उनले झापामा रहेर पनि ‘एकका लागि एक अभियान, सडक दुर्घटना न्यूनीकरण महाअभियान, जस्ता सामाजिक कर्महरुमार्फत देशभर सकारात्मक सन्देश प्रवाह गरेका छन् ।

राष्ट्रिय सभाका सांसद गोपालकुमार वस्नेतले प्रतिभाहरुलाई सम्मानित गरेका थिए । सवै सम्मानको राशी नगद ५१ हजार रहेका छ । फाउण्डेसनका अध्यक्ष बीरवहादुर दर्नालले समाज रुपान्तरमा विशेष योगदान पुर्याउने प्रतिभाहरुलाई वर्सेनी सम्मानित गरिने जनाए ।

प्रकाशित : चैत्र २१, २०८० १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×