कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कथाकार सुन्दर जोशीको दोस्रो कथा संग्रह सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — आख्यानकार सुन्दर जोशीको दोस्रो कथा संग्रह ‘अर्मानी लगाउने भाइ’ सार्वजनिक भएको छ । समाजशास्त्री डा. गणेश गुरुङ, कविद्वय मञ्जुल र तुलसी दिवस, आख्यानकार नयनराज पाण्डे, फिल्म निर्देशकद्वय नवीन सुब्बा र प्रकाश सायमी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, लेखक वासु श्रेष्ठले लोकार्पण गरे ।  

कथाकार सुन्दर जोशीको दोस्रो कथा संग्रह सार्वजनिक

कथाकार जोशीले १२ वर्षको अन्तरालमा भए पनि दोस्रो कृति ल्याउन पाउँदा खुसी लागेको बताए । उनको यसअघि ‘क्यासल रककी अप्सरा’ कथाकृति प्रकाशित भएको थियो ।

आख्यानकार पाण्डेले जोशीका सिर्जनाहरू पढ्दा आफूलाई ऊर्जा मिल्नुका साथसाथै ईर्ष्या पनि लाग्ने गरेको सुनाए । थपे, ‘अमेरिका बस्दै आउनुभएका सुन्दरजीका सिर्जनाहरू खास अर्थमा डायस्पोरिक छन्, विदेशमै बसोबास गर्ने नेपालीका कथा भएकाले । विदेशमा बस्दैमा नेपालको सम्झना गरेर लेखिएका सिर्जना डायस्पोरिक हुँदैनन् ।’ भुँडी पुराणद्वारा प्रकाशित ‘अर्मानी लगाउने भाइ’ मा लामालामा नौ वटा कथा छन् ।


प्रकाशित : फाल्गुन १, २०८० १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×