कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जयगाउँमा हरिभक्त जयन्ती

काठमाडौँ — भारतीय नेपालीभाषी कवि हरिभक्त कटुवालको ८८ औं जन्मजयन्तीको स्मृतिमा भारत पश्चिम बंगालको जयगाउँमा साहित्यिक उत्सव आयोजना गरिएको छ ।

जयगाउँमा हरिभक्त जयन्ती

सम्वत् १९९२ असार १८ मा भारतको आसाम राज्यको लखिमपुरमा जन्मे–हुर्केका कवि कटुवालको २०३७ सालमा आसामको डिब्रुगढ मेडिकल कलेजमा निधन भएको थियो । पश्चिम बंगालको जयगाउँस्थित समाज कल्याण संघका सभापति तिलक कटुवालका अनुसार, कवि कटुवालको सालिक रहेको स्थल तोर्सा चिया बगानको प्राथमिक विद्यालयमा स्मृति सभा आयोजना भएको थियो । डुर्वस नेपाली साहित्य प्रतिष्ठानका प्रतिनिधिको उपस्थितीमा सहभागीले कवि कटुवालको सालिकमा माल्यार्पण गर्दै उनको कृतित्वको स्मरण गरेका थिए ।

रोमान्टिक धाराका सशक्त कविका रुपमा चिनिने कटुवालका ‘यो जिन्दगी खै के जिन्दगी’, र ‘बदनाम मेरा आँखाहरु’ कविता संग्रह तथा ‘स्पष्टीकरण’(कथा संग्रह), ‘म मरेको छैन’(नाटक)लगायतका कृति प्रकाशित छन् । कटुवालका ‘मलाई नसोध कहाँ दुख्छ घाउ’, ‘पोखिएर घामको झुल्का’ जस्ता बिम्बात्मक गीतमा स्वरसम्राट नारायण गोपालले स्वर भरेका छन् ।

भारत–भुटान सीमावर्ती बिन्दु जयगाउामा कवि कटुवालसहित आदिकवि भानुभक्त आचार्यको र गोर्खाली सहिद दुर्गा मल्ल्को समेत सालिक राखिएको छ ।

प्रकाशित : असार १८, २०८० ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?