कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

ठूला संघीय अस्पतालमा दुई सिफ्टमा ओपीडी

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बीर, राष्ट्रिय ट्रमा सेन्टर र कान्ति बाल अस्पताल जस्ता यथेष्ठ जनशक्ति भएका अस्पतालहरूमा दुई सिफ्टमा बहिरंग सेवा सञ्चालन गरिने घोषणा गरेका छन् ।

ठूला संघीय अस्पतालमा दुई सिफ्टमा ओपीडी

साथै संघीय अस्पतालहरुलाई कार्यबोझका आधारमा पुन:संरचाना गरिने घोषणा गरिएको छ । राष्ट्रपति पौडेले कान्ती बाल अस्पताल थप पूर्वाधार निर्माण र स्तरोन्नति गरिने पनि सरकारको नीति तथा कार्यक्रममार्फत घोषणा गरेका छन् । यस्तै सहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रलाई हृदयरोग सम्बन्धी विशेषज्ञ उत्पादन गर्न सक्षम संस्थाको रुपमा विकास गरिने बताएका छन् ।

निर्माणाधीन आधारभूत अस्पतालहरूको निर्माण कार्य शीघ्र सम्पन्न गरिने छ । यसका साथै प्रदेशमा रहेका संघीय अस्पताल वा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५०० शय्यामा स्तरोन्नति गरिने छ । मानव अंग प्रत्यारोपण केन्द्रको स्तरोन्नति गरिने छ ।

परोपकर प्रसुति तथा स्त्री रोग अस्पतालमा जन्मजात विकलांग वा असाधारण प्रकृतिका अवस्था पहिचान गर्न भ्रुण तथा नवजात परीक्षण सेवा सुरु गरिने छ । यस्तै सबै अस्पतालमा जेष्ठ नागरिकलाई लक्षित गरेर जेरियाट्रिक्स वार्ड पनि सञ्चालन गरिने भएको छ ।

राष्ट्रपति पौडेलले २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघीय एवं प्रादेशिक अस्पतालमा स्वास्थ्य तथा उपचारसँग सम्बन्धित अभिलेखलाई विद्युतीय प्रणालीमा आधारित बनाइने भएको छ । यसका साथै सबै सरकारी स्वास्थ्य संस्थाले आफूसँग भएको विद्युतीय अभिलेखलाई अर्को अस्पताललाई पहुँच दिनुपर्ने व्यवस्था लागू गर्ने घोषणा गरिएको छ ।

प्रकाशित : जेष्ठ १, २०८१ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×