कागती र खुर्सानीका माला बेचेर ४ जनाको परिवार चलाउँदै दृष्टिविहीन
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
विराटनगर — छयालीस वर्षिय चिरञ्जीवी शर्मा जन्मजात दुवै आँखा देख्दैनन् । तर पनि उनले आफूसहित चार जनाको परिवारको गुजरा आरामले चलाएका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![कागती र खुर्सानीका माला बेचेर ४ जनाको परिवार चलाउँदै दृष्टिविहीन](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2023/third-party/blind-struggle-22112023010805-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
दुई सन्तानका पिता उनले आफ्नै पौरखले छोरालाई व्यवस्थापन संकायमा स्नातक र छोरीलाई कक्षा १० पढाउँदै छन् ।
विराटनगर-८ शनिमन्दिर चोकबाट हालै महानगर-११ को रामपुर चोकमा बसाइँ सरेका तीन दाजुभाई मध्येका जेठा चिरञ्जीवी दिनहुँ सेतो छडीको साहरामा बजार निस्किन्छन् । हरेक मंगलबार र शनिबार कागती, खोर्सानी र लसुनको माला पसल पसलमा गएर बिक्री गर्छन् । अरु दिन उनी थोक पसलबाट सामान बोकेर खुद्रा पसलमा पुर्याएर ज्याला लिन्छन् ।
साताको दुईदिन हरेक मंगलबार र शनिबार उनी सेतो छडिको साहरामा रामपुरचोकदेखि विराटनगरको मेनरोडका सयवटा पसलमा कालो धागोमा उनेको कागती, खोर्सानी र लसुनको माला प्रति गोटा २५ रुपैयाँमा बिक्री गर्छन् । उक्त माला पसलवालाले पसलमा कसैको नजर नपरोस भन्ने जनविश्वासलेले पसलमा झुण्ड्याउने गर्छन् ।
पसलवालाले सहजै रुपमा कागती र खोर्सानीको माला किन्ने अनि रकम दिने गरेका छन् । चिरञ्जीवीले भने महिनाको आठ दिन त्यो माला बिक्री गरेर १५–२० हजार आम्दानी हुन्छ । त्यस बाहेक दिनहुँ थोक पसलवाट सामान बोकेर खुद्रा पसलमा पुर्याएर थप कमाई गरेर परिवारको गुजरा चालाउँदै आएको छु ।
यही कमाइले उनले छोरोलाई महेन्द्र मोरङ क्याम्पसको व्यवस्थापन संकायमा छोरालाई स्नातक र छोरीलाई सत्यनारायण उच्चमाविमा कक्षा १० मा पढाउँदै छन् । उनका श्रीमती एक छोरा र एक छोरी छन् । चिरञ्जीवी बजारवाट कागती, खोर्सानी र लसुन खरिद गरेर घर लैजान्छन् र त्यसको माला बुन्न श्रमती र छोराछोरीले सहयोग गर्ने उनी बताउँछन् ।
अढाई दशकदेखि सेतो छडीको सहायतामा यही कर्म गर्दै परिवारको गुजरा चलाउँदै आएको उनले बताए ।
उनी मोवाइल पनि बोक्छन र आफै डायल समेत गर्छन । उनी भन्छन, यो प्रविधि छोराछोरीबाट सिंके । यसले पसलको सामान बोक्न सहयोग गरेको छ । पसलवालाले फोन गरेर सामान बोक्न बोलाउने गरेको उनले वताए ।
नेत्रहीन संघको साधारण सदस्य उनी कुनैपनि संघ सस्थाबाट अहिलेसम्म आफूले सहयोग नपाएको गुनासो गर्छन् । अहिलेसम्म मलाई कसैले आर्थिक सहयोग गरेका छैनन् । आफनै भरमा परिवार चलाउँदै आएको छु । तर उनले कोरोनाकालमा कमाई ठप्प हुँदा विभिन्न संघसस्थाले गरेको सहयोगको प्रसंशा गर्न भुलेनन् । भने लकडाउनको बेला संघसस्थाकै सहयोगमा परिवारको गुजरा चल्यो । नेत्रहीन संघले आफूलाई सेतो छडी उपलब्ध गराउँदै आएको उनको भनाई छ ।
उनले आफ्नो स्वास्थ्य बीमा पनि गरेका छन्। तर सुविधा लिनै गाह्रो पर्ने उनको दुखेसो छ । बीमा कार्ड देखाएर अस्पतालमा उपचार पाउनै गाह्रो छ । उनले भने उपचार पाएपनि बीमाले दिने औषधि अहिले सम्म पाएको छैन ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)