कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

समय चिन्न नसकेसम्म आदिवासी चलचित्र विश्वसामु लैजान सकिन्न : उपसभामुख राना

काठमाडौँ — प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले समय चिन्न नसकेसम्म आदिवासी चलचित्रलाई विश्वसामु लैजान नसकिने बताएकी छन् । उनले समयानुसार चलचित्रमा काम गर्नुपर्ने बताएकी हुन् । 

समय चिन्न नसकेसम्म आदिवासी चलचित्र विश्वसामु लैजान सकिन्न : उपसभामुख राना

चौथो नेपाल आदवासी जनजाति चलचित्र महोत्सवको अवसरमा काठमाडौंमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले नेपालीहरू काम ढिलासुस्ती गर्छन् भन्ने उखान कोट्याउँदै आदिवासी जाति कामहरू बिस्तारै गर्ने किसिमको रहेको भन्दै समयानुसार काम गर्न सिक्नुपर्ने बताइन् ।

‘आदिवासी चलचित्र महोत्सव मनाइराख्दा म के भन्न चाहन्छु भने यो जलवायु परिवर्तनको विषयमा पनि आदिवासी जनजातिसँग जोडेर चलचित्र बनाउनुपर्छ । अहिले पर्खने बेला छैन । एक्सन लिनुपर्छ । आदिवासी जाति बिस्तारै गर्छौं, तर समयानुसार हामी परिवर्तन गर्नुपर्छ,' उपसभामुख रानाले भनिन्, 'हामी नेपाली ढिला छौँ, त्यसमा आदिवासी जनजाति त एकदमै ढिला छौँ । पहिलो हामीले समयलाई चिन्नुपर्छ । समयलाई चिन्न नसकेसम्म आदिवासी चलचित्रलाई विश्वसामु लैजान सक्नुहुन्न । विश्वमा प्रसिद्धि कमाउने हो भने आदिवासी जनजातिको संस्कृति र सभ्यता विश्वमा चिनाउने भए समय चिन्न सक्नुपर्छ ।’

अभिनेता दयाहाङ राईले चलचित्रभित्र भन्ने कुरा आफैँभित्र भएका कथा भएको बताए । उनले आफैँभित्र कथाहरु धेरै रहेको र त्यसलाई फरक-फरक तरिकाबाट बुझिने बताए । उनले समाज र आफूलाई कसरी बुझ्दा रहेछौँ भन्नेकुरा चलचित्रमा भनिने बताए । अहिलेको बजारमा चलचित्र स्थापित नगरी कुनैपनि कुरा परिवर्तन नहुने उनको भनाइ थियो । आदिवासी जनजातिहरूको मूल्य मान्यता बोकेको चलचित्र नै अहिलेको मुलधारमा बगिरहेको उनको भनाइ थियो ।

प्रकाशित : जेष्ठ २३, २०८१ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x