कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

दीपिकाले पनि 'बाफ्टा अवार्ड' वितरण गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — बलिउड अभिनेत्री दीपिका पादुकोणले पनि बाफ्टा फिल्म अवार्ड वितरण गर्ने भएकी छिन् । डेभिड बेकम, केट ब्यान्चेट र डुवा लिपाले अवार्ड वितरण गर्ने फिल्मको कार्यक्रममा दीपिकाले पनि बलिउडबाट यो मौका पाएकी हुन् । 

दीपिकाले पनि 'बाफ्टा अवार्ड' वितरण गर्ने

ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड आर्टले आयोजना गर्दै आइरहेको यो अवार्डमा सहभागी हुन पाउँदा दीपिका पनि खुसी छिन् । खबर सार्वजनिक गर्दै दीपिकाले आयोजकप्रति कृतज्ञता प्रकट गरेकी छन् ।

बाफ्टा अवार्ड आगामी आइतबार लन्डनको रोयल फेस्टिभल हलमा आयोजना हुनेछ । गत वर्ष ओस्करमा पनि अभिनेत्री पादुकोण सहभागि भएकी थिइन् । पादुकोणसँगै गायिका डुवादेखि अभिनेत्री ब्यान्चेटले कुन विधाको अवार्ड वितरण गर्नेछिन् भन्ने अझै तय भइसकेको छैन। ओपनहाइमर अभिनेता सिलियन मर्फी, निर्देशक ग्रेटा गेर्विक, क्रिस्टोफर नोलनलगायत बाफ्टामा सहभागि हुने तयारी रहेको बताइन्छ ।

सन् २०२३ मा दीपिकाले 'आरआरआर'लाई ओरिजिनल संगीततर्फको अवार्ड दिन ओस्करको स्टेज उक्लेकी थिइन् ।

प्रकाशित : फाल्गुन १, २०८० १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×