कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

'गंगालाल' फागुन ५ सम्म

काठमाडौँ — शिल्पी थिएटरमा मञ्चनरत नाटक 'गंगालाल'को मिति थपिएको छ । माघ २९ सम्म लक्षित गरी मञ्चन सुरु भएको नाटक फागुन ५ सम्ममा देखाइने जनाइएको छ ।

'गंगालाल' फागुन ५ सम्म

सहिद गंगालाल श्रेष्ठको जीवनमा आधारित यो नाटकलाई लेखक चे शंकरले निर्देशन गरेका हुन् । दर्शकको माग बढेसँगै मञ्चनको मिति थपिएको निर्देशक शंकर बताउँछन् ।

गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको नाटकमा गंगालाललाई क्रान्तिकारी मात्र नभई एक पूर्ण मानिसको रुपमा प्रस्तुत गरिएको चेको दाबी छ। विक्रम संवत १९९१ देखि १९९७ सम्म नेपाली राजनीतिक परिवेशमा घटेका घटनाक्रम र सहिद गंगालालका जीवनका घटना नाटकमा समेटिएका छन् ।

'गंगालाल'मा सहिद धर्मभक्त, सहिद शुक्रराज र सहिद दशरथका साथै टंकप्रसाद आचार्य, गणेशमान सिंह र कवि सिद्धिचरण श्रेष्ठसमेत पात्र बनेर मञ्चमा देखिन्छन्। नाटकमा कलाकारहरु निर्भीक, शकु शाह, इनारा बानु, दीपक पछल्दंग्या, सन्दिप डंगोल, प्रदिप कुमार चौधरी, निरज दाहाल, विश्वास मानन्धर, ऋषिकेश, कृमु एडेन बात्री, एलिजा तुम्बापो, रेवन राई, रोशन चन्दको अभिनय छ ।

निर्देशक चेले यसअघि 'कोही किन बरबाद होस्' , 'म्याड म्यान्स डायरी', 'लुक ब्याक इन एंगर', 'सेम टाइम नेक्स्ट इयर', 'उलार' निर्देशन गरेका थिए ।

प्रकाशित : माघ २९, २०८० १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×