कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

दक्षिण कोरियामा गुञ्जँदै 'मंगोलियन हार्ट' 

काठमाडौँ — समूह गायनमार्फत स्थापित नेपालको पुरानो र चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले ५ वर्षपछि दक्षिण कोरियामा कन्सर्ट गर्ने भएको छ । गत अप्रिलमा १० वर्षपछि अस्ट्रेलियामा सांगीतिक यात्रा गरेको ब्यान्डले अहिले आफ्नो प्रस्तुति दिन दक्षिण कोरिया जाने भएको हो । 

दक्षिण कोरियामा गुञ्जँदै 'मंगोलियन हार्ट' 

आगामी शुक्रबार दक्षिण कोरियाको सियोलको छोहरा ओगमास्थित ब्यान्डले डोँगदे मुनमा सांगीतिक प्रस्तुति दिने तय भएको ब्यान्डका म्यानेजर एवं गितारवादक बबी लामाले जानकारी दिए ।

नेपाल-कोरिया कल्चरल एक्सचेन्ज एसोसिएसनको आयोजनामा हुने गायक राजु लामाको यो ब्यान्डले कार्यक्रममा आफ्ना चर्चित र नयाँ गीतहरू प्रस्तुत गर्ने तयारी छ । ‘पाँच वर्षपछि दक्षिण कोरिया जान पाउँदा हामी उत्साहित छौं । त्यहाँ दर्शकलाई पक्कै केही सरप्राइज दिनेछौं,’ म्यानेजर लामाले बताए ।

३२ वर्षअघि सन् १९९२ मा स्थापना भएको यो ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा। लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गितारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गितारमा भुपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन्। ‘बादलपारीको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’, ‘उँभो उँभो खासा’ आदि मंगोलियन हार्टका चर्चित गीतहरू हुन्।

प्रकाशित : माघ २३, २०८० १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?