२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६१
मौद्रिक नीति २०८०/८१

नीतिगत दर घट्यो

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्ष २०८०/८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । वेबसाइटमार्फत सार्वजनिक गरिएको मौद्रिक नीतिले नीतिगत दर घटाएर ६.५ प्रतिशत कायम गरेको छ । हाल यस्तो दर ७ प्रतिशत रहँदै आएको थियो ।

नीतिगत दर घट्यो

नीतिगत दर घटेपछि बैंकहरुले राष्ट्र बैंकमार्फत लिने अल्पकालीन सापटीमा लागत कम पर्न जानेछ । यसले समग्र ब्याज घटाउन बैंकहरूलाई दवाव पुग्ने अनुमान छ । त्यस्तै हालको बैंकदर ७.५ प्रतिशतको सीमालाई भने यथावत राखिएको छ । तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बै‌ंकहरुलाई कर्जा प्रवाह गर्दा लिने दर नै बैंकदर हो । निक्षेप संकलन दर ५.५ बाट ४.५ प्रतिशत कायम गरिएको छ ।


प्रकाशित : श्रावण ७, २०८० १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?