कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सिमेन्ट उद्योगको लगानी बच्चा हुर्काए जस्तै हो

अनिल अग्रवाल

काठमाडौँ — ०६९/७० सालसम्म नेपालमा चाहिने क्लिंकर र सिमेन्टको आयात हुन्थ्यो । हामीसँग २/३ वटा मात्र ग्रान्डिङ युनिट थिए । चुनढुंगामा आधारित उद्योग एकदमै कम थिए । तर चुनढुंगामा आधारित कच्चा पदार्थको सम्भावना प्रशस्त थियो । चुनढुंगा प्रशस्त भएकै कारण लगानी गर्‍यौं ।

सिमेन्ट उद्योगको लगानी बच्चा हुर्काए जस्तै हो

अहिले आयात प्रतिस्थापन गर्न हामीसँग उद्यमशीलता छ, लगानी गर्ने वातावरण छ । सिमेन्ट क्षेत्रमा गरिएको लगानीको प्रतिफल अहिले देखिएको छ । पाँच वर्षयता क्लिंकर र सिमेन्ट आयात भएको छैन । त्यसले अर्बौं रुपैयाँको आयात प्रतिस्थापन गरेको छ ।

पूर्वाधारका परियोजना पनि छन् । सिमेन्ट उद्योगको लगानी दीर्घकालीन हो । दुई/चार–पाँच/दस वर्षका लागि होइन । यसमा गरिएको लगानी बच्चा हुर्काए जस्तै हो । बिस्तारै यसले प्रतिफल दिन्छ । सिमेन्ट निर्यातका विषय पछि उठेका छन् । भूकम्पपछि सिमेन्टको माग अस्वाभाविक थियो । तर आज माग घटेको छ ।

हामी २०२३/२४ बाट अतिकम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति हुँदै छौं । तर प्रतिव्यक्ति सिमेन्टको खपत एलडीसी मुलुकभन्दा कम छ । चीन र भारतसँग तुलना गर्नै मिल्दैन । निर्माणका लागि नेपालमा धेरै ठाउँ छ, त्यसको पहिचान गर्न जरुरी छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले बंगलादेशमा ५० मेगावाट निर्यात गर्ने कुरा गरे । निर्यातका लागि भारतले बाटो खोलेको छ । यसपालि ६/७ सय मेगावाट बिजुली निर्यात गर्न सकिन्छ । गत वर्ष ९/१० अर्बको निर्यात भएकामा यस वर्ष करिब २० अर्बको बिजुली निर्यात गर्न सकिन्छ ।

अस्थायी रूपमा सिमेन्टको मागमा केही कमी आए पनि युक्रेन र रसियाको युद्ध सकिएपछि माग पुनः बढ्न सक्छ । बजेटमार्फत अर्थमन्त्रीले बाटो खोलिदिएका छन् । पक्की सडक निर्माण गर्दा निश्चित मापदण्डका आधारमा ढलान गर्ने प्रविधि अवलम्बन गर्नुपर्ने माग गरेका थियौं, यसलाई सरकारले बजेटमा सम्बोधन गरिदिएको छ ।

सडकमा ढलान गर्दा लगानी ३०/३५ प्रतिशत महँगो भए पनि यसको टिकाउ लोभलाग्दो छ । सरकारी बजेट हेर्दा करिब एकतिहाइ हिस्सा निर्माण क्षेत्रमा जान्छ । यस क्षेत्रले वायर बाइन्डिङदेखि यातायात, होटल, वर्कसप, पेट्रोल पम्पलगायत सबै क्षेत्रमा योगदान गरेको छ । निर्माणको क्षेत्रमध्ये घर भनेको निर्माण हो, जुन एउटा मान्छेको तेस्रो आवश्यकतामा पर्छ ।

मुद्रास्फीतिका कारण तरलतामा असर पर्‍यो । त्यही भएर निर्माण क्षेत्रमा मन्दी आयो । र घर, हाउजिङ, रियल इस्टेट, हाइड्रोपावरलगायत निर्माणमा केही सुस्तता आयो । दोहोरो अंकको ब्याजदरले कुनै पनि उद्योगी व्यवसायीले नाफा कमाउन सक्दैनन् । श्रीलंकाको संकटलाई हेरेर नेपालमा पनि मन्दी आउने हो कि भनेर शंका गरियो । मुद्रा सञ्चितिको अवस्था ५ महिनालाई पुग्ने थियो । आयातको थ्रेसहोल्डलाई तल झर्न नदिऊँ भनेर राष्ट्र बैंक अनि अर्थ मन्त्रालयले ‘थ्रेसहोल्ड’ जारी गरे । अहिले ९/१० महिनालाई पुग्ने मुद्रा सञ्चिति छ । लगानी गर्न बैंकहरूसँग प्रशस्त पैसा छ । ब्याजदर पनि घट्दै गएको छ । केही महिनामा तरलता र ब्याजदरमा सहज अवस्थामा आउला ।

यसको प्रभाव पुँजीबजारमा पनि देखिन्छ । अहिले बजारमा डाउन साइट धेरै कम छ । अपसाइटको सम्भावना रहेकाले म पुँजीबजारप्रति आशावादी छु । हाम्रो जस्तो मुलुकमा ५७/५८ लाख डिम्याट खाता छन् । यसले बजारप्रति राम्रो सचेतता रहेको देखाउँछ । म्युचुअल फन्डमा राम्रो लगानी भएको छ । यसले पनि बजारलाई स्थिरता दिन्छ । बजारलाई तलमाथि हुन दिन्न । यो अभ्यास अन्तर्राष्ट्रियस्तरमा भइराखेकै थियो । हामीले उद्योगको कुरा गर्छौं, यसमा पनि सेयर लगानी हुन्छ । यसमा लगानी गर्ने भनेकै सेयर पाउनु हो । कम्पनीको मालिक हुनु हो । १ सय र १ हजार कित्तावाला पनि मालिक नै हुन् ।

(कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘आत्मनिर्भर सिमेन्ट: निर्यातको पाटो र ढलानको बाटो’ विषयक राउन्ड टेबलमा घोराही सिमेन्टका वित्त प्रमुख अग्रवालले व्यक्त गरेको विचारको संपादित अंश)


प्रकाशित : जेष्ठ २३, २०८० १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?