कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

हाम्रो क्षमताबाहिर उत्तर–दक्षिण रेलमार्ग 

मीनेन्द्र रिजाल

६० दशकको सुरुवातमा १ खर्ब राजस्व कहिले पुग्ला भनेर छलफल हुने गर्दथ्यो । हामीसँग वार्षिक एक खर्ब बराबर रेमिट्यान्स आम्दानी पनि थिएन । त्यो बेलाको अर्थतन्त्रलाई फर्केर हेर्दा निकै सानो आकारको थियो । १८/१९ वर्षपछि हाम्रो अर्थतन्त्रको संरचना परिवर्तन भएको छ  ।

हाम्रो क्षमताबाहिर उत्तर–दक्षिण रेलमार्ग 

पूर्वाधार विकास, अर्थतन्त्रको आकार र आजको राजस्व आकार विस्तारलाई हेर्दा लाज मान्नुपर्ने अवस्था छैन । तर अब यो स्वभाविक विकासलाई मात्र हेरेर मात्र बस्ने कि त्यो भन्दा अघि जाने ? अब नियतमा परिवर्तन आवश्यक छ ।

सरकारको ढुकुटी हेर्ने हो भने यो आर्थिक वर्ष करिब ४ खर्ब रुपैयाँ खर्च गर्न नपुग्ने देखिन्छ । २ खर्ब ३० अर्ब हामीले बजेट घोषणा गर्दा नै पुग्दैन भनेका थियौं । डेढ खर्बदेखि दुई खर्ब थप आन्तरिक ऋण उठाउनुपर्ने अवस्था आउन सक्ला भनेका थियौं । आन्तरिक ऋण उठाउनुपर्ने अवस्था आएमा खर्च कटौती कहाँ गर्ने ? यो वर्ष २ खर्ब २० अर्बभन्दा बढी पुँजीगत खर्च गर्न सक्ने क्षमता छैन अर्थात स्रोत छैन ।

१५/१६ खर्ब रुपैयाँको आयातमध्ये ४० प्रतिशत त कृषिजन्य उत्पादन छ । पहिला पूर्वाधारको व्यवस्था हामीसँग बलियो रुपमा थिएन । अहिले पूर्वाधार निर्माणमा केही सुधार हुँदै गएको छ ।

हामीले उत्तर–दक्षिण रेलवेको सट्टा पूर्व पश्चिम रेलमार्गको कुरा गरेका थियौं । उत्तर–दक्षिण रेलमार्ग निर्माणकालागि हाम्रो तागत र क्षमता बनेको छैन । त्यसको साटो पूर्व–पश्चिम विद्युतीय रेलमार्ग बन्नुपर्छ भन्ने पक्षमा छु । अहिले काठमाडौं–तराई/मधेश द्रुतमार्गमा सुरुङ खन्ने काम कति वर्षमा पूरा गर्छौं थाहा छैन ।

काठमाडौं केन्द्रित राजमार्ग मात्र नभई करिडोर सडक विस्तार गरेर उत्तर–दक्षिणसँग सम्बन्ध विस्तार गर्ने क्रम विस्तारै अघि बढेको छ ।

सुरुमा सरकारी सम्पत्ति बिक्री गरेर निजीकरण गर्ने कुरा गलत थियो । तर निजीकरण नगरेको भए आज के हुन्थ्यो त ? भन्ने प्रश्न पनि छ । अहिले भएका सार्वजनिक संस्थानहरुको रिपोर्ट हेरौं । कतिवटा नाफामा छन् र कतिवटा घाटामा छन् ? नेपालको उन्नतीको बलियो आधार मैले पर्यटनलाई देख्छु । पर्यटन सम्बन्धी हामीले गम्भीरतापूर्वक धेरै काम गर्नुपर्ने छ, यसको आधार बनेको छ । कतिपय पूर्वाधारहरु निर्माण गर्न सक्ने अवस्थामा छौं ।

फजुलमा हामीले दुईवटा ठूला विमानस्थल बनायौं । बाराको निजगढमा विमानस्थल बनाउने भनेरै द्रुतमार्ग निर्माण गरिरहेका छौं । तर विमानस्थल बन्ने नबन्ने अत्तोपत्तो छैन । योजनालाई कार्यान्वयनमा ल्याउन सकिँदैन भने त्यतातिर लाग्नु हुँदैन ।

त्यसैले यी विषयमा गम्भीर छलफल गर्ने बेला आएको छ । जलाशययुक्त जलविद्युत् आयोजनाहरुको काम अघि बढाउन सकिन्छ । पेट्रोलियम पदार्थ विस्थापन गरेर विद्युतीय सवारी स्थापित गर्नु आवश्यक छ ।

हामी सरकारमा छौं भने हाम्रो साझा निति के हो ? सरकार र प्रतिपक्षमा छौं भने साझा उभिने आधार के हो ? यो खोज्न जरुरी छ ।

(नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले कान्तिपुर इकोनोमिक समिट-२०२३ मा राखेका मन्तव्यको सम्पादित अंश)

प्रकाशित : वैशाख १६, २०८० ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?